सिन्धुपाल्चोक, २८ फागुन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची युवा क्लबले जितेको छ ।
नेपाल विद्यार्थी सङ्घ ईन्द्रेश्वरी उमावि इकाइको आयोजनामा ‘विकास, अनुशासन, स्वास्थ्य र सामाजिक सद्भावका लागि खेलकुद’ भन्ने नाराका साथ यही फागुन २३ गतेदेखि जारी प्रतियोगितामा तीनै क्षेत्रका गरी १७ टिमको सहभागिता रहेको थियो ।
बुधबार भएको फाइनल खेलमा मेलम्चीले न्यु फेस युवा क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा आमा डब्ल्याङ क्लब तेस्रो भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ३५ हजार, २५ हजार र रु १५ हजार र शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरियो ।
प्रतिक्रिया