विश्व मुवाँ थाइमा नेपाल

2काठमाडौं, २७ फागुन । थाइल्यान्डको बैंककमा हुने विश्व मुवाँ थाइ च्याम्पियनसिपमा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बैंककको लुम्पिनी रंगशालामा मार्च १३ देखि १८ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपको ६३ केजीमा भूपेश शाक्य, ६५ केजीमा छुल्टिम लामा र ७१ केजीमा सूर्यबहादुर बुढाथोकीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

खेलाडीसहितको ६ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोली नेतामा नेपाल मुवाँ संघका अध्यक्ष गणेशलाल कक्षपति, अफिसियलमा उमेश केसी तथा प्रशिक्षकमा सीताराम लामा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र महासचिव हरिशरण केसीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडी छुल्टिम भने घरायसी कारणले बिदाइ कार्यक्रममा उपस्थित थिएनन् ।

प्रतिक्रिया