टर्कीमा कोइलाखानी विष्फोट

torkey copyटर्की, ३१ वैशाख । टर्कीको पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको विष्फोटमा परी कम्तिमा २ सय ५ खानी कामदारको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले केही कामदारलाई सकुशल उद्धार गरिएको जनाएका छन् । तर, अझै सयौं कामदार खानीमा फसेको बताइएको छ ।
टर्कीका उर्जा मन्त्रीले विष्फोट भएका बेला खानीमा ३ सय ६० कामदार कार्यरत भएको बताए । उनका अनुसार खानीमा रहेका अधिकांशको मृत्यु भएको छ । तर अझै पनि खोजी कार्य जारी रहेको उनले बताए । टर्कीमा भएको सो घटनापछि प्रधानमन्त्री रिसेप तैयप अर्दोगानले अल्वानिया जाने औपचारिक कार्यक्रम स्थगित गरेका छन् । उनी बुधबारै सोमा पुगेका छन् ।
कोइला खानी सञ्चालकले उच्च सुरक्षा सर्तकताका बाबजुद सो घटना भएको दाबी गरेका छन् । तर, विश्लेषकहरूका अनुसार अन्य औद्योगिक देशहरूको तुलनामा टर्कीको कोइला खानी उद्योगको सुरक्षा रेकर्ड त्यति राम्रो छैन । यस अघि सन् १९९२ मा टर्कीमा भएको कोइलाखानी दुर्घटनामा २ सय ७० कामदारको मृत्यु भएको थियो ।

प्रतिक्रिया