ढोरपाटनलाई दर्शन कप

4-14काठमाडौ, ६ बैशाख । दर्शन कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन स्पोटर्स क्लव ”ए“ ले जितेको छ । शनिवार भएको उपाधि भिड्न्तमा ढोरपाटनले नया बजार सामाजिक क्लबलाई ३­­–१ को सेटमा पराजित गदै च्याम्पियन बन्यो । पहिलो सेट जित्न ढोरपाटनले कडा परिश्रम गनु परेको थियो । तिन पटन सेट पईन्टमा पुगेको ढोरपाटन अन्तत २७­­–२५ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोश्रो सेटमा भने नयाबजारले राम्रो खेल देखाउन सकेन । ढोरपाटनले २५­­–१३ ले सहजै जित्न सफल भयो । तेश्रो सेटमा नयाबजार लयमा फर्कियो । उसले २५­­–२० ले सेट जित्यो । ढोरपाटनका लागि चौथो सेटनै निर्णायक थियो भने नयाबजारका लागि बाकी दुबै सेट जित्नु पर्ने थिए । ढोरपाटनले चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गदै २५­­–१४ ले जित्दै उपाधि माथी कब्जा जमायो ।
उपाधि बिजेताले ५० हजार र उपबिजेताले २५ हजार रुपिया प्राप्त गरे । दर्शन स्पोट्र्स क्लबको आयोजनामा नया बसपार्कमा २९ चैत देखि संचालन भएको प्रतियोगितामा तेश्रो स्थानका खेलमा त्रिभुवन विश्वविद्यालयको टिमले त्रिभुवन क्लब गोरखालाई २३–२५,२५–१९,२५–१९,१८–२५,र १५–८ ले पराजित गर्न सफल भयो । तेश्रो भएको त्रिभुवन विश्वविद्यालयले १५ हजार नगद प्राप्त गर्‍यो । प्रतियोगितामा सर्वो कृष्ट खेलाडी ढोरपाटनका चन्द्र कुवँर चुनिए । उनले ५ हजार रुपिया पुरस्कार जिते । त्यस्तै बिधागत उत्कृष्टमा बेष्ट स्पाईकर नयावजारका राम श्रेष्ठ,बेष्ट लिफ्टर बिश्वबिद्यालयका शुदिप शाह, बेष्ट डिफेन्स त्रिभुवन क्लब गोरखाका मनराज गुरुङ र बेष्ट कोचमा ढोरपाटनका देबेन्द्र घर्तिमगर भए । बिजेतालाई सभासद राजेन्द्र पाण्डे, कुलेश्वर आवशीय बिद्यालयका प्रिन्सिपल मेघराज दुलाल, क्लबका अध्यक्ष प्रदिप श्रेष्ठ,सचिव प्रकाश श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा ८ टिमको सहभगिता रहेको थियो ।

प्रतिक्रिया