उद्घाटन कार्यक्रममा बोल्ने अतिथीहरु खेलकुद राजनितीको विषयमा केन्द्रित भए । एमाओबादी अध्यक्ष दाहालले आफ्नो पार्टीले खेलकुदमा लागेको ब्क्तिलाई सदस्य सचिव बनाउने निती अनरुप युवराज लामालाई राखेपको सदस्य सचिव बनाएको बताए । मन्त्री पौडेलले सरकारले चाडै नै क्रिकेट रंगशालामा बनाउने बताउदै दखशरथ रगशाला अन्तराष्ट्रिय खेल खेलाउन पूर्ण नभएको भन्दै आगामी ६ महिना भित्र काठमाडौको खुमलटार या चुनीखेलमा अन्तराष्ट्रिय रंगशालाका लागि अध्ययन पुरा गरिन सक्ने बताए । मन्त्री पौडेलले आफ्नो पार्टीले खेलकुदमा जानकार ब्यक्तिलाई नै सदस्य सचिव बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले खेलकुदलाई राजनितीले नियन्त्रित गर्नु पर्ने कुरमा जोड दिए । उनले २०६४ देखि राजनितीक घोषणापत्रमा खेलकुद समाबेश गरेका कारण अहिले खेलकुद सबैको चासो बनेको बताए । ‘ राजनितीले नेतृत्व गर्ने हो । खेलकर्मीले साथ दिने हो । ’ मन्त्री पौडेलले भने । उनले एमाओबादी अध्यष प्रचण्डलाई सदस्य सचिवलाई अहिले सही निर्णय गर्न लगाउने अपेक्षा गरेको बताए । सदस्य सचिव युवराज लामाले खेलकुद परिषद् अस्थिर हुन नदिन आफूले राजीनामा दिन नचाहेको बताए । अखिल नेपाल फुटबल संघले सरकारले फुटबलको लोकप्रीयतालाई हेरेर निती बनाउन निर्देशन दिए ।
प्रतिक्रिया