राष्ट्रिय टोलीका गोलरक्षक रितेसलाई अपार्टमेन्ट

Ritesh-thapaकाठमाडौ , २४ चैत । राष्टी्रय टोलीमा प्रबेश पाएको एक दशकपछि राष्ट्रीय टोलीका गोलरक्षक रितेश थापा फुटबलको सबैभन्दा ठूलो पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल फुटबलमा लामो समयदेखि समपित भएको सम्मानमा अखिल नेपाल फुटबल संघ एन्फाले गोलरक्षक थापालाई हात्तिवनस्थित मेरो सिटीको अपार्टमेन्ट प्रदान गरेको हो ।
एन्फा कम्प्लेक्स सोतदोबाटोमा सोमबार भएको कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले थापालाई अपार्टमेन्टको डमी हस्तान्रतण गरे । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस् सविच युवराज लमा पनिउपस्थित थिए ।
राष्ट्रीय टोलीमा २००३ मा डेब्यु गरेका थापा अपार्टपेन्ट पाएकोमा निकै खुसी रहेका बताए । ‘यो पुरस्कार पाउँदा एकदमै खुसी लागेको छ’ गोलरक्षक थापाले भन, ’पहिला खेलकुदमा लागेर केही हुँदैन भन्ने थियो । तर, यसले खेलकुदमा राम्रो गर्न सक्यो भने सम्मान र पैसा कमाउन सकिन्छ भन्ने सन्देश गएको छ ।’
अपार्टमेन्ट पाउने उनी तेस्रो फुटबलर हुन् । यस अघि पूर्व कप्तान राकेश श्रेष्ठ र राष्ट्िरय टोलीका हालका कप्तान सागर थापाले अपार्टमेन्ट पुरस्कार पाइसकेका छन् । त्यसअघि २०६२ सालमा उपेन्द्रमान सिंह र ०६३ मा हरि खड्काले टोयटा यारिस कार पाएका थिए । २९ वर्षका थापाले नेपालको राष्ट्रीय टोलीमा सन् २००३ मा ओमानमा कोरियाविरुद्ध डेब्यू गरेका थिए । पछिल्लो समय भने किरण चेम्जोंग पहिलो रोजाइको गोलरक्षक भए पछि उनी बेन्चमा रहदै आएका छन् । उनलाई किरण चेम्जोङले बेन्चमा राखेका छन् । रितेशले पछिल्लो पटक २०१२ मा नेहरु कपमा क्यामरुनविरुद्ध नेपाली पोष्ट सम्हालेका थिए । उनले अहिलेसम्म नेपालका लागि १५ बढी क्याप जितेका छन् ।

प्रतिक्रिया