मन्त्रिमण्डल विस्तार

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेलाई समावेश गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापाले बाणिज्य तथा आपूति मन्त्रीको र नेकपा मालेबाट नेतृ निलम केसीले महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको शपथ लिइन् ।
यस्तै राप्रपाकै गिरीबहादुर केसी वाणिज्य तथा आपूति राज्यमन्त्री नियुक्त भएका छन् । केसीले राष्ट्रिय योजना आयोगको हलमा सपथ लिएका थिए । यससँगै कोइराला नेतृत्वको मन्त्रीमण्डल २४ सदस्यीय भएको छ । वर्तमान मन्त्रीमण्डलमा प्रधानमन्त्रीसहित २ उपप्रधानमन्त्री, १९ मन्त्री र २ राज्यमन्त्री भएका छन् ।

प्रतिक्रिया