सहकारी कप चेसको उपाधि श्यामलाई

chessललितपुर, २२ चैत । मच्छिन्द्र क्लब काठमाडौंका श्याम श्रेष्ठले दोश्रो सहकारी कप राष्ट्रिय चेस प्रतियोगिताको उपाधि प्राप्त गरेका छन् । उपाधिका लागि शनिबार सम्पन्न फाइनल खेलमा सुन्दर साकोस हेटौंडाका कृष्ण थापालाई सडेनडेथमा हराए । उनले १ लाख ६७ हजार रुपैंयाको मोटरसाइकल जितेका छन् । पहिलो लेगमा कालो गोटीबाट जीत हात पारेका श्याम दोश्रो लेगमा सेतो गोटीमा पराजीत भएपछि नतिजाका लागि अतिरिक्त ब्लिज खेल खेलाइएको थियो । उपविजयी थापाले ६५ हजार रुपैंया बराबरको ल्यापटप प्राप्त गरे । त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा भेट्रान च्याम्पियन च्याम्िियन जनार्दन श्रेष्ठ लाई १.५ का विरुद्ध ०.५ अंक हात पार्दै मच्छिन्द्र क्लबकै विवेक थिङ तेश्रो भए । उनले ३५ हजार रुपैंया बराबरको ल्यापटप हात पारे । त्यस्तै जनार्दनले २० हजार रुपिया पाए । नकआउट चरण प्रवेश गर्न सफल गोल्डेनगेट कलेजका सुरवीर लामा, श्रीकरुणामय साकोस ललितपुरका केशव श्रेष्ठ, काठमाडौं क्लबका रिजेन्द्र राजभण्डारी तथा दर्पण साकोस दमकका भुपेन्द्र निरौला क्रमश: पााचौं, छैटौं, सातों तथा आठौं भए । उता पहिलो महिला सहकारी चेसतर्फ गोल्डेनगेट कलेजकी मोनालिसा खम्बुले पहिलो हुदै ३५ हजार बराबरको ल्यापटप प्राप्त गरीन् । त्यस्तै गोल्डेनगेटकै बिना जयसवाल तथा तनहुाकी शान्ता थापा दोश्रो तथा तेश्रो भए ।
नियमित लिगतर्फ संकटा क्लबका नविन तण्डुकार पहिलो हुदै २५ हजार रुपिया पाए । मनिष हमाल दोश्रो तथा मकवानपुरका धरम बहादुर लामा तेश्रो स्थानमा रहे । राजेन्द्र बज्राचार्य, बद्रीलाल नेपाली, महेश थापा, दिर्घराज जोशी र हिमाल लामा चौथो देखि आठौं स्थानमा रहे । मदनकृष्ण कायस्थ नवौं र राजन पुरी दशौं भए । प्रतियोगितामा विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रि माननीय पुरुषोतम पौडेलले पुरस्कार वितरण गरे । (सौस)

प्रतिक्रिया