काठमाडौं : लामो दुरीका धावक सन्जय पन्डितले अफ्रीकाको चुचुरोको नामले प।िरचित माउन्ट किलीमन्जारोको सफल आरोहण गरेका छन् । अफ्रीकी मुलुक तान्जानियामा रहेको यो हिमश्रृखला आरोहीको आकर्षणको केन्द्रबिन्दुपनि हो । सन्जयले मंगलबार सफल
अराोहण गरेका थिए ।
यसअघि सर्बोच्च शिखर सगरमाथा र मनास्लुको समेत सफल अरोहण गरिसकेका सन्जय लामो दुरीका चर्चित धावक पनि हुन । माउन्ट किलिमन्जारोको सफल अरोहणपछि सन्जयले आफुलाई सहयोग गर्ने सबै निकायलाई धन्यबाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा विश्वका चर्चित आठ हजार मिटरमाथिका सबै श्रृखंलामाथि विजय प्राप्त गर्ने आफ्नो लक्ष्य रहेको सुनाए ।
किलर माउन्टेनको नामले परिचित मनास्लु हिमालको सफल आरोहण गरेका सन्जयले माउन्ट किलिमन्जारो मात्र ६ घन्टा १३ मिनेटमा आरोहण गरेका थिए । जुन दक्षिण एशियाली आरोहीमध्येको कीर्तिमानसमेत हो । उनी हाल सोही कीर्तिमानको नाम लेखाउन तान्जिानियामै रहेका छन् । सन्जय यसरी हिमाल चढने पहिलो लामो दूरीका धावक समेत हुन । उनी माउन्ट किलिमन्जारोको सफल अरोहण गर्ने पहिलो मध्यपश्चिम तथा सुदूरपश्चिमेली आरोहीसमेत बनेका छन् ।
प्रतिक्रिया