प्रधानन्यायाधीशमा शर्माको सिफारिस

काठमाडौं १७ चैत । संवैधानिक परिषद्को सोमवार बसेको बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सोमवार सिंहदरबारमा बसेको बैठकले सो नियुक्तिको सिफारिस गरेको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले जानकारी दिए ।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष नियुक्त भएपछि वरिष्ठ न्यायाधीशका रुपमा शर्माले कामुका रुपमा कार्य गर्दै आएका थिए । कानुनी प्रक्रियाअनुरुप सो नामलाई संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने प्रावधान छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त गरिन्छ ।

प्रतिक्रिया