नेपाली टोली फिर्ता

taeksondo seminar

काठमाडौं : बंगलादेशको ढाकामा सञ्चालीत बंगलादेश नेपाल फ्रेन्डसिप तेक्वान्दो सेमिनारमा सहभागि हुदै नेपाली टोली काठमाडौमा फर्कीएको छ । दुइ दिने सेमिनारमा नेपालका दिनेस शर्मा र निरमणी शर्माले प्रशिक्षण दिएका थिए । सेमिार रोयल तेक्वान्दो स्कुलमा सञ्चालन भएको थियो ।
सेमिनारमा प्रशिक्षक रहेका मासटर दिनेसले सन् २०११ मा इटालीबाट टच स्पाइङिमा इन्टरनेसनल इन्स्ट्रक्टर कोर्ष गरेको थिए । यसैगरी, सन् २०१२ मा दक्षिण कोरियाबाट कोचीङ कोर्ष गरेका थिए । उनले दक्षिण कोरियाबाटै सन् २०१३ मा कोचीङ कोर्ष गरेका थिए । उनी सन् २०१० मा राष्ट्रिय खेलकुद परिषद्बाट साहयक प्रशिक्षक कोर्षमा प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए । उनी सन् २०१० मै एनएमजीसी इन्स्ट्रक्टर अफ द इयर घोषित भएका थिए । उनी हाल इन्टरनेनसल चाङहोन तेक्वान्दो महासंघ नेपालका प्राबीधीक निर्देशुक हुनुका साथै साङरोङ नेपाल तैक्वान्दो एकडेमीका अध्यक्ष समेत छन् ।
मासटर निरमणी केसी भने कुकीवानका अन्तराष्ट्रिय रेफ्रि तथा मास्टर इन्स्ट्रक्टर हुन् । उनी पनि राखेपको सहायक प्रशिक्ष्का कोर्षमा प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए । (सौस)

प्रतिक्रिया