मुख्य प्रशिक्षक गुरुङको राजीनामा

main news
काठमाडौं, २९ फागुन । तेक्वान्दोका मुख्य प्रशिक्षक दिपराजग गुरुङले बिहिबार पदबाट राजीनामा दिएका छन् । बिहिबार उनले तालीम तथा प्रशिक्षण विभागमा राजीनामा दिएका हुन् । नेपालमा बि.स २०३९ मा तेक्वान्दो प्रबेश गरे यताका मुख्य प्रशिक्षक गुरुङको कार्यकालमा नेपाली तेक्वान्दोले गर्वीलो इतीहास रचेको थियो ।
उनको ३१ बर्षे कार्यकालमा नेपालमा ५० हजार भन्दा बढी तेक्वान्दो खेलाडी स्थापीत भए । ५ सय भन्दा बढी डोजाको रुपमा ब्यापकता पाएको तेक्वान्दोमा ७ हजार भन्दा बढप् ब्ल्याबेल्ट छन् । सन् ८० को दशकको उतराद्र्ध देखि नेपालाई अन्तरष्ट्रिय क्षेत्रमा एक पछि अर्को सफलता दिलाउदै आएको तेक्वान्दोका विधान लामाले सन् १९८६ को सोल अ‍ेलम्पिकमा प्रदर्शनी खेलतर्फ काश्य पदका पाएका थिए । सन् १९९७ मा भएको एसियन च्याम्पियनसीपमा संगीना बैद्यले स्वर्ण पदक जितेकी थिइन् । जुन, सफलता नै नेपाली तेक्वान्दोको सबैभन्दा ठूलो सफलता हो । नेपालले एसियाडमा पहिलो पटक पदक जित्दा तेक्वान्दोमा चार काश्य पदक जितेको थियो । यसैगरीे सिता राइले बिश्व च्याम्पियनसीपमा पदक जित्दै यो खेलको गौरवलाई अझ माथिल्लो उचाइमा पुर्‍याइन् । बैंकक एसियाडमा सबिता राजभण्डारीले रजत पदक जित्दै एसियाडमा रजत जित्ने एक्लो नेपाली बनीन् । पहिलो पटक काठमाडौमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा तेक्वान्दो समाबेश हुदा नेपालले १६ मध्य १४ स्वणृ पदक जितेको थियो । त्यस पछि पाकिस्तानमा सम्पन्न नवौ दक्षिण एसियाली खेलकुदमा नेपाली तेक्वान्दाले ६ स्वर्ण पदक जितेको थियो ।
दिपराजको प्राबीधीक नेतृत्वमा त्यो गर्वीलो इतीहास रचेको नेपाली तेक्वान्दोको साख पछिल्लो समय खस्कदै गएको थियो । केही तेक्वान्दोकर्मी अब आउने पुस्ताले फेरी उचाइ पाउने आश गरिरहेका थिए । मुख्य प्रशिक्षक दिपराजको भने नतीजा नहेरी दामाशाहीले सुबीधा दिने राज्यको नितीले आफ्नो खेल पछि परेको गुनासो रहने गरेको थियो ।
३१ बर्षे कार्यकालमा उनी पछि देखिएको पुस्ता आफ्नो खेलमा इमान्दार भएका कारण नै यो खेलले

product copy

फराकिलो क्षेत्र ओगटे पनि अराजकता देखिएन । यदाकदा विद्रोहको स्वर देखिए पनि आफ्नो मर्यादा सधै कायम रहेको थियो । खासमा उनको नेतृत्व कालमा फाटफुट राजिनितीक प्रभाव दखिन खोजे पनि तेक्वान्दो समुदायले एकजुट भएर त्यसको सामना गरेको थियो । उनको कार्यकालमा चुस्त सचिवालयका कारण अन्य संघको तुलनामा तेक्वान्दो संघ ब्यबस्थित रह्यो । उनले दिएको राजीनामा स्वीकृत हुने या नहुने तथा स्वीकृत भए अबको मुख्य प्रशिक्षक को भन्ने प्रश्न भने सबैको चासो बनेको छ । तथापी, नेपालको सबैभन्दा महत्वपूर्ण खेलको महासचिव भए पनि शक्ति केन्द्रको छबी बनाएका गुरुङको कार्यकाल नेपाली खेल इतीहासको लागि एउटा पठनीय अध्याय बनर रहने छ ।

प्रतिक्रिया