काठमाडौं, २० फागुन । गत बर्ष नेपालमा राष्टिय स्तरको कुङफू प्रतियोगिता आयोजना भयो । प्रतियोगिता ब्यबस्थापकीय र खेल प्रदर्शन दुवैका दृष्टिकोणले उत्कृष्ट रह्यो । यस भन्दा अघि नै एसियाली स्तरको कुङफू प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनका कारण हौसिएाको नेपालले य विचमा सन् २०१३ लाई ब्यस्त बनाउने तालीका पनि तयार गर्यो । नेपाली खेलकुदका एकाएक सक्रिय बनेको कुङफूका यी दुइ सफलता नै अफैमा महत्वपूर्ण रहे । एक अन्त्राष्ट्रिय प्रतियोगिातमा प्राप्त सफलातका कारण र अर्को घरेलु सक्रियताका कारण । यद्यपी यसै सफलता र उपलब्धीमै रमाएर बस्ने सोचमा नेपाल कुङफू संघ यत्तिमा मात्र सन्तुष्ट भने छैन । निकट भबीश्यमा क्वालालम्पुर र पोर्चुगलमा हुने प्रतियोगिताको तयारीमा नेपाली कुङफू लागी परेको छ । गत बर्षको सफलतालाई निरन्तरता दिने तयारीमा रहेको नेपाली कुङफूको इतीहास भने त्यत्ति लामो छैन ।
दुइ बर्ष अघि कीर्तिपुरमा आयोजित एक भेला पछि नेपालमा कुङफू खेल सक्रिय रुपमा अघि बढेको थियो । त्यस पछि सुनील शाक्यको नेतृत्वमा रहेको कुङफू संघले एक प्रकारको फड्को नै मार्यो । नेपाली कुङफूले पाएको उपलब्धी र फड्को धेरै अन्तराष्ट्रिय सञ्चारमाध्यममा पनि चासाको विषय बने । रंगशाला देखि गुम्बासम्म यो खेलको प्रभाव फैलियो ।
कीर्तिपुर भेलाले नया स्वरुप पाए पनि विभिन्न स्थलमा यो खेल खेलीने गरेको भने थियो । नेपाल संगठीत रुपमा कुङफू खेलिने क्रम भने सन् २००८ मा बौद्धको ड्रुक्पा स्कुलमा भएको थियो । जुन स्कुलमा कुङफको गतीबीधी नेपालका लागि त्यत्ति सारो चासोको विषय बनेन । ड्रुक्पा स्कुलमा भने भियतानमबाट कुङफू प्रबेश गरेको श्रोत बताउछ । पछिल्लो समय धार्मीक क्षेत्रमा पनि कुङफू प्रबेश गरे पछि यसले थप बहस उत्पन्न भयो । कुङफुले ध्यान गर्नका लागि पनि सहज वातावरण बनाउने भएका कारण बौद्ध धर्मालम्बीकै लागि परिचति यो स्कुलमा उपयुक्त मानीएको हो । भारतबाट नेपाल आएकी १६ बर्षिय भिक्ष्ुा रुपा लामा यो खेलले ध्यान केन्द्रित गर्न अत्यन्त सहज हुने गर्छ । बेलायतबाट नेपालमा ध्यनाकै लागि आएकी अर्की एक महिलाले पनि आफूलाई ध्यानको लागि सहज वातावरण बनाउन कुङफू उपयुक्त हुने बताएकी छिन् ।
उसुसंग मिल्दो जुल्दो यो खेल रक्षात्मक मार्सल आर्टको रुपमा रहेको छ । नेपालमा यस खेलमा रहेका धेरुे ब्यक्ति पनि उसुको पृष्ठभुमि भएकाहरु रहेका छन् । पूर्व उसु खेलाडी सुनील भने अहिले अन्तराष्ट्रिय क्षेत्रमा रहेको पहुचकै कारण नेपाली कुङफूलाई माथिल्लो उचाइमा पुर्याउन उद्धत रहेका छन् ।
सुरुवातमा उसु र कुङफू उस्तै भए पनि तीन दशक यात भने यसको स्वरुप फेरएिको छ । उसु कला विशेष बन्दै आएको छ भने कुङफू ‘फाइट’ माकेन्द्रित भएको छ । उसु भन्दा कुङफू अलीकती पावर गेमको रुपमा परिचित बन्दै आएको छ ।
चाइनीज भाषामा भने कुङफुको अर्थ समयको सही उपयोग भन्नेब बुझीन्छ । कुङफू खेल्ने मानीस एकदमै बलियो हुन्छ भन्ने मान्यता भए पछि फील्ममा पनि कुङपु स्टारको प्रयोग हुन थाल्यो । ब्ुस ली र ज्याकी चान यसैका उदाहराण् हुन् । संसारको सबैभन्दा पुरानो मार्सल आर्टको रुपमा परिचति कुङफू चिनमा नै १५ औ शताब्दी देखि खेलिन थालेको सरोकारवालको दावी रहेको छ ।
नेपालको लक्ष्य विश्व च्याम्पियनसीप
नेपाल कुङफू संघका अध्यक्ष सुनील शाक्यले आगामी विश्व च्याम्पियनसिपमा नेपालले केही समय पछि नै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको बताएका छन् । अध्यक्ष शाक्यले कुराकानीमा गत व्र्षभन्दा आगामी वर्ष नेपाली कङ्फू अझ माथिल्लो उचाइमा पुग्ने सम्भावना रहेको बताए । जनवरीमा भएको विश्व च्याम्पियनसिपमा नेपाली कुङ्फू टोलीले ६ स्वर्ण र ६ रजत र दुई कांस्य पदक जित्दै ऐतिहासिक सफलता पाएको थियो । हङकङमा भएको प्रतियोगिताको सफलता पछि नेपाली टोली आगामी अक्टोबरमा अजरबैजानको बाकुमा हुने अर्को विश्व च्याम्पियनसिपमा केन्द्रित रहेको शाक्यले बताए । २०१३ मै नेपालले मलेसियामा र बुल्गेरियामा आयोजना हुने च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन दाबी शाक्यले गरेका छन् ।
र्मा्सल र्आ्टमा विद्यावारिधि गरेका पहिलो नेपाली सुनील नेपाली कुङफू जन्मदाता मानिन्छन् । अमेरिकामा रहेर मार्सल आर्टमा केन्द्रितसुनील नर््थ अमेरिकन कुङ्फू महासंघका अध्यक्ष तथा विश्व ट्रेडिसनल कङ्फू महासंघका उपाध्यक्ष हुन्न् । उनी पााचौा डुवाङ हुन् ।
नेपालमा सन्न्२००५ मा कुङ्फू क्लबको द्र्ता भए पनि ०६९ मा राष्ट्रिय खेलकुद परिषद्मा द्र्ता भएको हो । त्यस पछि २०१२ को फ्रेब्रुअरीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय जुनियर तथा सिनियर कुङफू च्याम्पियनसिपको आयोजना गरेको थियो ।
प्रतिक्रिया