पारसलाई वैद्यको कार उपहार

parasकाठमाडौं, १५ फाल्गुन । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कार पुरस्कार दिइने भएको छ । यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कप्तान पारस खड्कालाई कार पुरस्कार दिइने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको वैद्य अर्गनाइजेशनले खड्कालाई टोयोटा कार दिने घोषणा गरेको हो । वैद्य अर्गनाइजेशनले यसअघि नै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई पुरुस्कार दिने घोषणा गरेको थियो । वैद्य अर्गनाइजेशनले विश्वकप छनोट खेल्ने खेलाडीहरूलाई २ वर्षसम्म रोजगारी दिने घोषणा गरेको भए पनि उक्त कार्यक्रम विश्वकपपछि मात्र कार्यान्वयन गरिने अर्गनाइजेशनले जनाएको छ ।
विश्वकप छनोट प्रतियोगितामा पारसले कुल ८ खेलमा २ सय २ रन बनाउनुका साथै ७ विकेटसमेत लिएका थिए । उनले युएईसँग भएको खेलमा भने सहभागिता जनाएनन् ।
अर्गनाइेजशनले म्यान अफ दि सिरिज छनोटको मापदण्डकै आधारमा पुरस्कार पाउने खेलाडी छनोट गरिएको जनाएको छ । छनोट समितिका सदस्य रन्जित आचार्यले म्यान अफ दि सिरिज छनोटको मापदण्डकै आधारमा पुरुस्कार दिइएको बताए । आर्चायकाअनुसार पारससँगै प्रतिस्पर्धामा अन्य पाँच खेलाडी रहे पनि उनलाई नै पुरुकार प्रदान गरिएको हो ।

प्रतिक्रिया