सहमतिपछि विद्युत उत्पादन सुचारु

पाँचथर : फिदिमस्थित फेमेखोला जलविद्युत परियोजनामा कार्यरत कर्मचारीहरुले व्यावस्थापन पक्षसँग सहमति गरेपछि विद्युत गृह पून: सुचारु गरेका छन् ।
विभिन्न माग राखी गत माघ २८ गत्तेदेखि जलविद्युत गृहबाट विद्युत उत्पादन अवरुद्ध गर्दै आएका थिए । तलब वृद्धिलगायतका विविध ६ बुँदे माग राख्दै त्यहाँका कर्मचारीहरुले पूर्णरुपमा विद्युत उत्पादन अवरुद्ध गर्दै आएका थिए । कम्पनीको व्यवस्थापन पक्षबाट फेमेखोला जलविद्युत परियोजनाका कम्पनी सचिव किशोर राई र कर्मचारीहरुबीच विहिबार दुई महिनाभित्रमा मागको उचित सम्बोधन गर्ने बिषयमा सहमति भएको छ । मागकै बिषयलाई लिएर कर्मचारीहरुले परियोजनाका इञ्चार्ज हरिप्रसाद पौड्यालमाथि दुव्र्यावहार गरेका थिए । सहमतिपछि सम्पूर्ण कर्मचारीहरुले अबदेखि यस्तो कार्य नगर्ने धारणा व्यक्त गरेका छन् । ३ तीनदेखि लगातार विद्युत अवरुद्धपछि फिदिम जिल्लाकै विद्युत आपूर्तिमा समस्या उत्पन्न भएको थियो । ९९५ किलोवाट क्षमताको फेमेखोला जलविद्युत परियोजनाले विगत पाँच बर्षदेखि विद्युत उत्पादन गर्दै आएको छ । यहाँबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

प्रतिक्रिया