काठमाडौं, ६ माघ । ए डिभिजन लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् । थ्रीस्टारले आरसिटीलाई ३–० ले पराजित गर्यो भने मच्छिन्द्रले हिमालयन शेर्पासंगको खेलमा ४–१ को जित हात पार्यो । मच्छिन्द्रले १७ औ मिनेटमा रिजेन धिमालको फ्रिकीक गोलमा अग्रता लिएको थियो । ६३ औ मिनेटमा प्रत्याक्रमणमा कर्ण लिम्बुले गोल गरे पछि मच्छिन्द्र २–० ले अघि बढेको थियो ।
७६ औ मिनेटमा इब्रासहम ओलीवेडले गोल गर्दै हिमालनयलाई खेलमा फर्काएने प्रयास गरेका थिए । ८० औ मिनेटमा रक्षक मान बहादुर तामाङको गल्तीको फाइदा उठाउँदै कर्णको क्रसमा बिसाल राई ‘ए’ ले मच्छिन्द्रका लागि गोल गरे । ८४ औं मिनेटमा कृष्ण लामाको पेनाल्टी बक्समा ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा कर्ण लीम्बुले गोल गरे ।
अर्को खेलमा फरकािले जितसंगै थ्रीस्टार दोस्रो स्थानमा उक्लीयो । थ्रीस्टारले १६ औ मिनेटमा जगजीत श्रेष्ठको गोलमा अग्रता लिएको थियो । उनले सन्ताोष साहुखलकको क्रसलाई उपयोग गरेका थिए । २९ औ मिनेटमा कृष्ण कुबरले राम्रो मार्क गर्न नसकेपछि डुडोजले सहज गोल गरे । ५९ औ मिनेटमा डुडोजको पासलाई उपयोग गर्दै सन्तोषले गोल गरे । (सौस)
प्रतिक्रिया