काठमाडौं । नेपालमा १३ माघे देखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । नेपाल फिल्म सोसाइटीद्वारा रुसी साास्कृतिक केन्द्र, कमल पोखरीमा हुने पााच दिने सो महोत्सवमा नेपाल, भारत, दक्षिण कोरिया, स्पेन, इजरायल, फ्रान्स, नर्वे, दक्षिण अफ्रिका र रुसका गरी दस वटा चलचित्र प्रदर्शनी गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनास्थलका रुपमा प्रवद्र्धन गर्न र नेपाली चलचित्रलाई समेत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा ल्याउनका लागि महोत्सव गर्न लागेको सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।
नेपालका सती प्रथालाई विषयवस्तु बनाई निर्माण गरिएको कथानक चलचित्र झोला पहिलो दिनमा प्रदर्शन गरिने र त्यसैगरी अन्य देशका पनि उत्कृष्ट चलचित्रहरू प्रदर्शन गरिने छ । प्रत्येक दिन दुईवटा देशका चलचित्र प्रदर्शनी गरिने र विदेशी चलचित्र सम्बन्धित राष्ट्रका राजदूतबाट प्राप्त भएको जानकारी सो अवसरमा दिइयो ।
प्रतिक्रिया