नेपालको खाना स्वास्थ्यकर

काठमाडौं । दक्षिण एसियाली मुलुकमध्ये नेपाली खानपान स्वस्थ्यकर मानीएको छ । अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था अस्फामले खानपानको स्वच्छता र पर्याप्तता विषयमा गरेको सर्वेक्षणमा यो तथ्य फेला परेको हो ।
संस्थाद्वारा सार्वजनिक प्रतिवेदनअनुसार नेपालीे खानपान भारत, पाकिस्तान र बंगलादेशको भन्दा गुणस्तरीय रहेको पाइएको छ । अक्सफामले सर्वेक्षण विश्वका १ सय २५ मुलुकमा गरेको थियो । जसमा नेपाल ९१ औं स्थानमा रहेको छ । भारत ९७ र बंगलादेश १०२ औं स्थानमा छ । नेदरल्याण्ड, फ्रान्स, स्वीडेन, डेनमार्कजस्ता पश्चिमी मुुलुकका बासिन्दाको भने खानपान स्वच्छ र पर्याप्त पाइएको छ ।
स्थानीयमाझ खाद्य पर्याप्तता, खाद्य मूल्य तिर्नसक्ने क्षमता, खाद्य गुणस्तर र खाद्यान्नको स्वच्छता आदि विषयमा सर्वेक्षण केन्ऽित रहेको जनाइएको छ । यद्यपी, नेपाली सबैले गुणस्तरीय खानपानको अवसर भने नपाएको तथ्य पनि उल्लेख छ । नेपालका करिब ३० प्रतिशत केटाकेटीमा उमेर अनुसारको तौल नभएको, कूल १६ प्रतिशत नागरिकमा कूपोषण रहेको तथ्यांकमा जनाइएको छ । तर नेपालीको आहारमा विविधता नहुादा पर्याप्त पोषण हासिल गर्न सकेका छैनन् । ७२ प्रतिशत नेपालीले दैनिक एकै खाले आहार खान्छन् ।
यस आधारमा नेपालले कम तौलका केटाकेटी हुने मुलुकको कोटीमा ६४ औं स्थान र कूपोषित नागरिकयुक्त मुलुकको कोटीमा १९ औं स्थान पाएको छ । इण्डेक्स अधिकतम र न्यूनतम अंक मापन विधिमा उल्लेख छ, जसमा शून्य अंक सबैभन्दा कम र १०० अंक सबभन्दा बढी भनिएको छ । अधिकतम अंक पाउनेहरु सर्वाधिक खराब सूचिमा परेको भनी जनाइएको छ ।
अध्ययनका क्रममा स्थानीय नागरिकमध्ये केहीले महंगीको कारण पोषिलो खाना उपभोग गर्न नसकेको बताए । पोषिलो खानाकै अभावले केटाकेटीको कम तौल र कूपोषण समस्या देखिएको जनाइएको छ । नेपालले खाद्यान्न मूल्यको सूचिमा ४२ औं स्थान हासिल गरेको छ । त्यस्तै, नेपालका ८७.६ प्रतिशत नागरिक शुद्ध र सफा पिउने पानीमा पहुाचमा छन् ।
विश्वमा मधुमेह र मोटोपनाको समस्या बढिरहेको अवस्थामा नेपालीमा भने कमै असर परेको छ । कूल ८.४ प्रतिशतमा मधुमेह र १.४ प्रतिशतमा मोटोपनको समस्या देखिएको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाको आधारमा अक्सफामले केही सिफारिस पनि गरेको छ । पर्याप्त पूर्वाधार निर्माण गरी कृषि उत्पादनको विविधीकरण र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिइएको छ । उत्पादनसागै किसानलाई बजारसम्म पहुाच विस्तार गर्नुपर्ने, खाद्यान्न भण्डारणको सुविधा दिलाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ । खाद्यान्न बजारको नियमनबाट मूल्यस्फीति नियन्त्रण गर्नुपर्ने सुझाव पनि दिएको छ ।

प्रतिक्रिया