कोटदेवी क्वाटरफाइनलमा

काठमाडौं : आठौं अन्तरविद्यालय फेका कप छात्र फुटबल प्रतियोगिताको तेश्रो दिन आइतबार तीन टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन कोटदेवी पब्लिक स्कुल, अर्किड पुपिल इङलिस स्कुल र कस्मिक इन्टरनेसनल एकेडेमी क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
पेप्सीकोलास्थित टाउन प्लानिङ मैदानमा कोटदेवीले न्यु होली क्रस इङलिस स्कुललाई २–० गोलले पराजित गर्‍यो । दुवै गोल बविन खत्रीले गरे ।
फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा अर्किडले हेब्रोन पब्लिक स्कुललाई ४–२ ले हरायो भने कस्मिकले ग्रिनविच एकेडेमीलाई ५–४ ले निराश पार्‍यो । विजेता दुवै टोली टाइब्रेकरमा जित निकालेका हुन् । (सौस)

प्रतिक्रिया