खेलाडी छनोट

काठमाडौं : न्युजिल्यान्डमा १३ जनवरीदेखि १ फ्रेबेओरीसम्म हुने आइसीसी क्रिकेट विश्वकप (५० ओभर) को छनोट खेलका लागि नेपाल क्रिकेट संघले खेलाडी छनोट गरेको छ । आइतबार संघले अन्तिम १५ जना खेलाडी र ४ बैकल्पिक खेलाडी छनोट गरेको हो ।
पारस खड्काको कप्तानीमा सो प्रतियोगितामा नेपाली टोलीले सहभागीता जनाउने छ । सो टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, शक्ति गौचन, बसन्त रेग्मी, पृथु बास्कोटा, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, सागर पुन, जितेन्द्र मुखिया छन् । त्यसैगरि महेश क्षेत्री, सुवास खकुरे र अभिनाश कर्ण परेका छन् । बैकल्पिकतर्फ भने राहुल विश्वकर्मा, अमृत भट्टराई, रामनरेश गिरि र नरेशबहादुर बुढाऐर छन् ।
जुर्नी टु वल्र्डकप लगत्तै क्यानले खेलाडी छनोट गरेको हो । चोटका कारण युएईमा भर्खरै सम्पन्न भएको ट्वान्टी–२० विश्वकप छनोट खेल गुमाएका पृथु बास्कोटा ५० ओभरको विश्वकप छनोट खेलका लागि चयन भएका छन् । त्यसैगरी सोमपाल कामी पहिलो पटक सिनियर टोलीमा पर्न सफल भएका छन् । युएईमा भएको ट्वान्टी–२० छनोट खेलमा परेका राहुल विक र अमृत भट्राइ भने बैकल्पिकमा परे । (सौस)

प्रतिक्रिया