काठमाडौ, २३ मंसिर । विश्वकप छनोटको तयारीमा रहेको नेपालमाथि ५ विकेटको जित हात पार्दै एयर इन्डियाले ‘सगरमाथा सिमेन्ट जर्नी टु वल्र्ड कप’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आयोजक नेपाललाई स्तब्ध पार्दै एयर इन्डियालाई उपाधि जिलाउने क्रममा हितेन दलालले किर्तिपुरस्थित टियु मैदानमा अलराउन्ड प्रदर्शन गरे । उनले दुई विकेट लिएर ६७ रन बनाएको खेलमा भ्रमणकारी टोलिले ४३ ओभर २ बलमै लक्ष्य भेट्टयायो । जितस‘गै नेपालस‘ग समूह चरणमा ब्यहोरेको ५ विकेटकै हारको गतिलो बदला एयर इन्डियाले फाइनलमा चुकाएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको एयर इन्डिया सामू नेपालले २ सय ७७ रनको प्रतिस्पर्धात्मक लक्ष्य पेश गरेको थियो । नेपालका लागि विनोद भण्डारीले ७९ तथा प्रारम्भीक ब्याट्सम्यान अनिल मण्डलले ४५ रनको महत्वपूर्ण पारी खेले । अन्य ब्याट्सम्यान प्रभावकारी रहेनन् । प्रारम्भीक ब्याट्सम्यान सुवास खकुरेल १८ बल सामना गर्दै ९ रनमै आउट भएपनि अलि मण्डलले ४५ र तेस्रो क्रममा ब्याटिङ गर्न आएका सागर पुनले ३५ रन बटुलेपछि नेपालले मध्यम सूरुआत लिएको थियो । अनिलले ६८ बल सामना गर्दै ७ चौका प्रहरा गरे । उनलाई हितेन दलालले बउल्ड गरे । त्यस्तै सन्दीप कौशकको बलमा सागर पुन १ चौका र २ छक्का प्रहार गर्दै बोल्ड भएका थिए । चौथो क्रममा ब्याटिङ गर्न आएका पारस खड्काले कुन्दीप सिंहको बलमा क्याचआउट हुनअघि ६१ रन जोडे । उनले ५७ बल फेस गर्दै ६ चौका र १ छक्का प्रहार गरेका थिए । विनोद भण्डारीले पारसस‘ग उत्कृष्ट साझेदारी गर्दा नेपालको इनिङस् उकासिएको थियो । हितेन दलालको बलमा आउन हुनअघि विनोदले ६३ बल फेस गर्दै ७ चौका र ३ छक्कासहित ७९ रनको महत्वपूर्ण इनिङस् खेले । नेपालबाट शरद् भेष्वाकरले ८ तथा प्रदीप ऐरीले अविजित २७ रन बटुलेपनि अन्य तीन ब्याटस्म्यान वसन्त रेग्मी, सोमपाल कामी र राजकुमार प्रधानले कुनै रन जोड्न सकेनन् ।
४ ओभरमा नेपाललाई २ सय ७६ रनमा समेट्दै अलआउट गर्ने क्रममा एयर इन्डियाका राजबहादुर पाउल तथा हितेन दलालले २–२ विकेट लिए । पाउलले ५३ रन खर्चदा हितेनले केवल ३६ रन खर्चिएका थिए । त्यस्तै फारुक सेख,कुन्दीप सिंह र सन्दीप राज कौशकको नाममा थप एक एक विकेट रह्यो । ४५ ओभर ब्याटिङ गर्ने क्रममा नेपालले १ सय ९७ मिनेट क्रिजमा बिताएको थियो । प्रतिउत्तरमा ब्याटिङ गरेको एयर इन्डियालाई ओपनर हितेन दलाल र मनिष शर्माले गतिलो सूरुआत गराए । हितेनले ४६ बल फेस गर्दै ६७ रन बटुल्ने क्रममा ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै पारस खड्काको बलमा सोमपाल कामीले क्याचआउट गर्नुअघि अर्का ओपनर मनिष शर्माले ३३ बलमा ३३ रन बटुलेका थिए । उनले त्यसक्रममा ६ चौका प्रहार गरे । सन्दीप राज कौशक वसन्त रेग्मीको एबिडल्यु धरापमा पर्नुअघि ३४ रन बटुल्न सफल रहे । उनले ५३ बल फेस गर्दै १ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै प्रदीप मलिकले ६४ रनको महत्वपूर्ण इनिङस् खेले । उनले यसअघिका म्याचमा पनि शतक तथा अर्धशतक बनाइसकेका थिए । उनले ६७ बल फेस गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । सागर पुनको बलमा मलिकलाई पृथु‘ बॉस्कोटाले क्याचआउट गरेका थिए । एयर इन्डियाबाट जागृत आनन्दले २६ रन बटुले भने साफिक खानले टिमलाई जीततर्फ अग्रसर गराउन ४१ रनको अविजित इनिङ खेले । उनले २४ बल सामना गर्दै १ चौका र ४ छक्का प्रहार गरेका थिए । साफिकस‘ग खेल सकिनुअघि विजयको प्रत्यक्ष साक्षि बनेका मदन चन्दनले २ बल फेस गर्दै अविजित २ रन प्रहार गरे । नेपालबाट सागर पुनले २ विकेट लिए भने राजकुमार प्रधान, पारस खड्का, र वसन्त रेग्मीले एक एक विकेट आफ्नो नाममा लेखाए । दुई विकेट लिएर ६७ रन बटुलेका हितेन दलाल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै एयर इन्डियाकै प्रदीप मलिक म्यान अफ दि सिरिज चुनिए । उनले प्रतियोगिता अवधिभर १ शतक र २ अर्धशतकसहित सर्वाधिक २ सय ६७ रन बटुलेका थिए ।
प्रतिक्रिया