नकआउट चरणमा मनाङ र पुलिसको भेट

Ncell_cup

काठमाडौ, २३ मंसिर । एनसेल कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबको भेट मनाङ मस्र्याङदी क्लबसंग हुने भएको छ । शनीबार दशरथ रंगशाालमा भएको खेलमा मनाङ मस्र्याङदी क्लबले सरस्वती युथ क्लबलाई ४–० ले पराति गरेको छ । यस समुहबाट मनाङ मस्र्याङदी पहिलो र ब्वाइज युनियन दोस्रो हुदे नकआउट चरणमा प्रबेश गरे । अर्को खेलमा थ्रीस्टार क्लबले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्‍यो । विजयी थ्रीस्टारले ब्वायज युनियनको सामना गर्ने छ ।
मनाङलाई फराकिलो जित दिलाउने क्रममा योना एलीयासले दुइ गोल गरे भने बिसाल राइबी र अनील गुरुङले थप गोल गरे । ४० औ मिनेटमा बिसालले फ्रिहेडलाई उपयोग गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । ५० औ मिनेटमा सुलभ मास्केको कर्नर किकमा डाइभ हेड गर्दै अनीलले अग्रतालाई फराकिलो बनाए । ६६ औ मिनेटमा सरस्वतीका रक्षापक्तिको गल्तीको फाइदा उठाउदै योनाले गोल गरे । इन्जुरी समयमा उनैले एकल प्रयासमा सानदार गोल गर्दै टोलीलाई फरकािले अन्तरको जित दिलाए । सरस्वतीका हेन्री किसमबाला र जोली स्याडाराकको प्रदर्शन राम्रो भए पनि उनीहरूले टोलीको उद्धार गर्न सकेनन् । खेलको पूर्वाद्धमा मनाङको खेलद कमजोर रहेको थियो ।
शनीबारको पहिलो खेलमा दुवै टोलीले निरस प्रदर्शन गरे पछि पुलिसका रक्षकहरूकोसामानय कमजोरकिा कारण खेल थ्रीस्टारको पक्षमा रह्यो । ‘ मार्कीङमा रहेको समस्याले हामीले हार ब्यहोर्‍यौ ’ पुलिस क्लबका प्रशिषकब बिराट कृष्ण श्रेष्ठले बताए । उनले मनाङ मस्र्याङदी क्लब राम्रो भएका काराण् आफ्नो टोलीले सुधार गर्नु पर्ने बताए ।
शनीबारको पहिलो खेलमा थ्रीस्टारलाई जित दिलाउने क्रममा सन्तोष साहुखलले दुइ गोल गरे भने जगजीत श्रेष्ठले एक गोल गरे । पुलिसका लागि युगल किशोर राइले गोल गरे । ३६ औ मिनेटमा जगजीतले प्राप्त फ्रिकीकीमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । ६७ औ मिनेटमा युगलले सहज गोल गर्दै खेललाइ बराबरी तर्फ मोडे पनि थ्रीस्टार खेलमा फेरी पकड जमाउन सफल भयो ।
थ्रीस्टार प्रशिक्षक अन्जन केसीले सरोज दाहाललाई अनील गुरुङबाट प्रतिस्थापन गराउने जोखीम गलत पनि सावित हुन सक्थ्यो । तर, जुमानु राइले ७७ औ मिनेटमा प्राप्त अबसर खेर पाmले पछि थ्रीस्टार जोगीएको थियो । ७९ औ मिनेटमा गोल गरेका सन्तोषले ८४ औ मिनेटमा अर्को गोल गरे ।

प्रतिक्रिया