राजनीतिक संक्रमण अन्त्य गर्न जोड

काठमाडौ : नेपाली कााग्रेसका महामन्त्री प्रकाशमान सिंहले सहमतिमा संविधान निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । काठमाडांै निर्वाचन क्षेत्र नं १ को वडा नं १० एकाइ समितिले शनिवार आयोजना गरेको कार्यक्रममा उनले काँग्रेस ठूलो दल भएकाले सबै राजनीतिक पार्टीलाई मिलाएर सहमतिमा संविधान निर्माणको प्रयास गर्ने बताए ।
अहिले सरकार गठन तथा राष्ट्रपतिका विषयमा बाहिर आएका कुराले जनतमा निराशा थप्ने हुँदा त्यसप्रति सबै गम्भीर हुनुपर्ने उनको भनाइ थियो । नेता सिंहले नयाँ संविधान निर्माण गरी राजनीतिक सङ्क्रमणको अन्त्य गर्नुपर्नेमा जोड दिँदै काँग्रेस र नेकपा एमालेबीच चित्त नबुझेका विषयमा समझदारी कायम गरी अघि बढ्ने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया