सार्क स्थापनाको २९ वर्ष पूरा

काठमाडौं : दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहयोग प्रवद्र्धन गर्दै यस भेगका जनताको कल्याणका निम्ति सामूहिकरुपमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शनिवार बाट २९ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालमा दक्षिण एसियाका सात मुलुक संस्थापक सदस्य रहेका सार्क क्षेत्रीय मञ्चमा पछिल्लोपटक अफगानिस्तान थपिएपछि यो सङ्गठन आठ राष्ट्रमा विस्तार भएको छ ।
सदस्य राष्ट्रका निर्धन जनताको जीवनस्तर उकास्ने प्रमुख लक्ष्य रहेको सार्कले अन्तर–सरकारी निकाय, सदस्य देशका सरकार–सरकार र जनता–जनताबीचको सम्पर्कलाई निरन्तरता दिादै सहकार्य एवम् आपसी सद्भाव प्रवद्र्धनमा आफूलाई केन्द्रित गर्दैआएको छ ।
सार्क स्थापना दिवसको उपलक्ष्यमा सार्कका महासचिव अहमेद सलिमले शनिवार एक सन्देश जारी गर्दै अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका सरकार एवं जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले सार्क प्रक्रियालाई सक्षम, प्रभावकारी एवम् परिणाममुखी बनाउन अझै धेरै गर्न बाँकी रहेको र सार्कसाग सम्बन्धित संस्थाहरूलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया