आर्मीसँगै ४ क्लब अन्तिम आठमा

ncell-cup

काठमाडौं, २२ मंसिर । राजधानीमा जारी एनसेल क्लब फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’बाट आर्मी क्लबले अन्तिम आठमा स्थान बनाएको छ । आर्मीसाग २–१ ले पराजित भए पनि संकटा क्लबले क्वाटरफाइनलमा स्थान बनाएको छ भने समूह ‘बी’बाट मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब शुक्रबार अन्तिम आठमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भएको समूह चरणको अन्तिम खेलमा संकटालाई २–१ गोल पराजित आर्मी समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो । संकटाले जावलाखेल युथ क्लबलाई गोलअन्तरमा पछि पार्दै अन्तिम आठमा स्थान पक्का गर्‍यो ।
शुक्रबार आर्मीवरुद्धको खेलमा २८ औा गोल गर्दै निसल लिम्बुले गोल गर्दै संकटालाई अग्रता दिलाए । तर ५७ औा मिनेटमा आर्मीका जितेन्ऽ कार्कीले बराबरी गोल फर्काए । दोस्रो हाफमा मैदान प्रवेश गरेका भरत खवासले खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै आर्मीलाई जित दिलाए ।
यता समूह ‘बी’ मा फ्रेन्ड्स क्लबलाई २–२ गोलको बराबरीमा रोक्दै मच्छिन्द्र फुटबल क्लब समूह विजेता बन्दै अन्तिम आठमा पुगेको छ । फ्रेन्ड्स बराबरीमा रोकिएपछि हिमालयन शेर्पा पनि उपविजेताको हैसियतमा अन्तिम आठमा पुग्न सफल भयो । शेर्पाले पहिलो खेलमा फ्रेन्ड्सलाई पराजित गरेको थियो । फ्रेन्ड्सबिरुद्धको खेलको १४ औं मिनेटमा सत्यनारायण पराजुलीले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । पहिलो हाफ सकिन २ मिनेटअघि फ्रेन्ड्सका रितेश मल्लले बराबरी गोल फर्काए । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै विशाल राईले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । ६३ औं मिनेटमा मच्छिन्द्रका गोलकिपर दिनेश थापामगरले गम्भिर गल्ति गरेपछि अर्जुन सुब्बाले फ्रेन्ड्सको तर्फबाट दोस्रो पटक बराबरी गोल फर्काउन सफल भए ।

प्रतिक्रिया