नेपाल फाइनलमा एयर इन्डियासँग भिड्ने

tour-logo

काठमाडौं, २२ मंसिर । राजधानीमा जारी जर्नी टु वल्र्ड क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा सिंगापुरलाई पराजित गरेको नेपालले उपाधिका लागि भारतको एयर इन्डियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
कीर्तिपुस्थित टीयू मैदानमा शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई २ सय २७ रनले पराजित गर्‍यो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ८ विकेटको क्षतिमा ३ सय १३ रन बनायो । नेपालका शरद भेषवाकरले ४५ बलमा ४ चौका र ८ छक्काको मदतमा ९१ रन बनाएका हुन् । यस्तै सुवास खकुरेलले ७५ रन बनाए । अनिल मण्डलले ५८ रन आउट भए भने कप्तान ज्ञानेन्ऽ मल्लले ४८ रनमको योगदान गरे । पृथु बास्कोटाले १८ रन बनाए भने बिनोद भण्डारी शून्यमै एलबीडब्लुको धरापमा परे । बलिङतर्फ सिंगापुरका अम्जाद मेहबुब र विजय कुमारले २–२ विकेट लिए ।
३ सय १४ रनको लक्ष्य पछ्याएको सिंगापुर १७ ओभर १ बलमा ८६ रनको सस्तो योगफलमा अलआउट भयो । सिंगापुरको लागि अनिस इडवार्डले १९ र विजय कुमारले १२ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ५ ओभर २ बलमा २३ रन दिएर ३ विकेट लिए भने भेट्राइ स्पीनर राजकुमार प्रधानले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे । वसन्त रेग्मी र जितेन्द्र मुखियाले २–२ विकेट लिए ।
अर्काे खेलमा एयर इन्डियाले दिल्ली वन्डर्सलाई ३९ रनले पराजित गर्‍यो । पहिले व्याटिङ गरेको एयर इन्डियाले ३५ ओभर २ बलमा १ सय ७७ रन जोड्दा सबै विकेट गुमायो । १ सय ७८ रनको लक्ष्य लिएर मैदान उत्रिएको दिल्ली वन्डर्सर ३३ ओभर ३ बलमा १ सय ३८ रन जोड्दा अलआउट भयो ।

प्रतिक्रिया