प्रियंकाको आइटम डान्स

Priyanka-Karki-oकाठमाडौ, २१ मंसिर । पछिल्लो समयमा राम्रो अभिनयसँगै राम्रो व्यक्तित्व भएको अभिनेत्रीका रूपमा परिचित अभिनेत्री प्रियंका कार्कीले चलचित्रमा आइटम डान्स गर्ने भएकी छन् । चलचित्र क्षेत्रमा डेब्यु गरेको छोटो समयमै आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेर प्रशंसा पाएकी अभिनेत्री प्रियंकाले चलचित्र हँसियामा आइटम डान्स गर्ने भएकी छन् ।

केही वर्षअगाडि चलचित्र ‘मिसन पैसा रिलोडेड’मा आइटम डान्स गरेकी अभिनेत्री प्रियंकाले चलचित्र ‘हँसिया’को आइटम डान्स दमदार हुने बताएकी छन् । प्रियंकासँगै चलचित्रमा मुख्य अभिनेत्री रहेकी हेमा श्रेष्ठले पनि आइटम डान्स गर्ने भएकी छन् । आइटम डान्सका लागि प्रियंका र हेमालाई चर्चित करियोग्राफर रेनशा राईले रिहर्सल गराइरहेका छन् । उक्त चलचित्रको आइटम डान्सलाई १० लाख रुपियाँभन्दा बढी खर्च गरेर उत्कृष्ट र आकर्षक बनाउने निर्देशक मिलन चाम्सले बताएका छन् ।
आउँदो साता बालाजुस्थित एनएफडिसीको सुटिङ सेटमा प्रियंका र हेमाको आइटम डान्सलाई छायांकन गरिने बताइएको छ । निलम आङबुहाङ राईको शब्द तथा कल्याण सिंहको संगीत रहेको  आइटम गीतमा शिवानी मोक्तानको स्वर रहेको छ । दुर्गा घलेले निर्माण  गरेको चलचित्र ‘हँसियामा’ हेमासँगै चर्चित अभिनेता राजेश हमाल  र अनुपविक्रम शाहीको मुख्य भूमिका  रहने निर्माण पक्षले  जनाएको छ ।

प्रतिक्रिया