नेपाल प्रहरीद्वारा एपिएफ पराजित

jumanuकाठमाडौं, २१ मंसिर । राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल प्रहरी क्लब विजयी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल प्रहरीले शसस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो ।

प्रहरीको जितमा जुमानु राईले ह्याट्रिक पूरा गरे । उनले खेलको पहिलो हाफको २८ औ मिनेटमा भोला सिलवालको क्रस पासमा गोल गरे । जुमानुले खेलको दोस्रो हाफको ६५ औा मिनेटमा दोस्रो र ७१ औ मिनेटमा तेश्रो गोल गरे । सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै प्रहरीले ३ अङ्क जोडेको छ ।
ब्वाइज युनियन विजयी
समूह ‘डी’ को खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ ।
दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा ब्वाइज युनियनले सरस्वती युथ क्लबलाई ३–१ गोलअन्तरले हराउदै विजयी भएको हो । ब्वाइज युनियनको जितमा असिमजाग कार्कीले खेलको सुरुवाती १७ औ मिनेटमा सुन्दर गोल गर्दै पहिलो अग्रता लिए । कार्कीले करिब ३५ यार्डबाट प्रहार गरेको फ्रिकीक बलले सिधौ जाली चुमेको थियो ।
यस्तै खेलको दोस्रो हाफको ४७औा मिनेटमा सरस्वतीका खेलाडी कृष्णगोपाल श्रेष्ठले एक गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
सरस्वतीका खेलाडीले गोल गरेको सात मिनेट पनि (५४ औ मिनेट) बित्न नपाउदै ब्वाइज युनियनका अर्का खेलाडी राकेश लामाले एक गोल थप्दै ब्वाइज युनियनलाई २–१ को अग्रता दिलाए ।
यसैगरी खेलको दोस्रो हाफको ८५ औ मिनेटमा ब्वाइज युनियनका अर्का खेलाडी किरण राईले अन्तिम गोल गर्दै ब्वाइज युनियनलाई ३–१ को सहज जित दिलाउन सफल भए ।
यस जितसागै तीन अङ्क जोडेको ब्वाइज युनियनले प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि मंगलबार भएको खेलमा ब्वाइज युनियन मनाङ मस्र्याङ्दी क्लबसाग पराजित भएको थियो ।
भोलिको पहिलो खेल मध्याह्न १२:३० बजे त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच हुनेछ भने दोस्रो खेल अपराह्न २:३० बजे फ्रेन्ड्स क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया