काठमाडौं २१ मंसिर । नेपाल सहित विश्वभर विहिवार स्वयंसेवा दिवस मनाइयो । विश्व स्वास्थ्य संगठनको आह्वानमा स्वयंसेवा दिवस मनाउने गरिएको छ । सन् १९८५ बाट स्वयंसेवा दिवस मनाउन थालिएको हो ।
नेपालमा स्वयंसेवाको उदाहरणिय नमुनाको रुपमा महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् । सवैका लागी स्वास्थ्य भन्ने लक्ष्यमा संयुक्त राष्ट्र संघका सवै प्रतिनिधिले प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार नेपालले पनि महिला स्वास्थ्य स्वययंसेविकाहरु परिचालन गर्ने कार्यक्रम शुरु गरेको हो । नेपालमा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सुरुवात २०४५– ४६ मा भएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको मुख्य उद्धेश्य सामुदायिक सहभागितामार्फत जनस्वास्थ्य कार्यक्रममा टेवा पुर्याई स्वास्थ्यसम्बन्धी राष्ट्रिय लक्ष्य पूरा गर्न सहयोग पुर्याउनु हो । सो अभियान अनुसार प्रत्येक वडामा कम्तीमा एकजना स्वयंसेविका रहने प्रावधान छ । नेपालमा हाल कुल महिला स्वास्थ्य स्वयंसेविकाको संख्या ५२,००० रहेको छ ।
प्रतिक्रिया