दुई वर्षमा २६ हजार बढी गुनासो

काठमाडौं : सर्वसाधारणका गुनासो सुनुवाई गर्न स्थापित हेलो सरकारमा दुई वर्षमा २६ हजार ८ सय ११ ओटा गुनासो दर्ता भएका छन् । गुनासो मध्ये २५ हजार ८ सय ५१ गुनासोको सम्बोधन गरिसकिएको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ । जुन जम्मा दर्ता भएका गुनासोको ९७ दशमलव ३५ प्रतिशत हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहिबार सार्वजनिक गरेको दुईवर्षे प्रतिवेदन सार्वजनिक कार्यक्रममा हेलो सरकारमा आउने गुनासोलाई सम्बन्धित निकायमा प्राथमिकतापूर्वक पठाइने काम भैरहेको जानकारी गराईयो । कार्यलयका सचिव कृष्णहरि बाास्कोटाले गुनासाकै कारण विद्युतभार कटौतीलाई तोकिएकै सीमाभित्र राखिएको, अवरुद्ध विद्युत सेवा र राजमार्ग सञ्चालनमा ल्याएको, बिग्रिएका टेलिफोन मर्मत गराइएको, नेपाल टेलिकमको अवरुद्ध एडिएसएल सेवा सुचारु गराइएको, सार्वजनिक यातायातमा बढी भाडा लिनेलाई कारबाही गरिएको, दलितले शिक्षामा छुट नपाएको, सामुदायिक विद्यालयका शिक्षकले निर्वाचनको प्रचारमा लागेकोलगायत उजुरी परेको बताए । प्रतिवेदनमा जनाइएअनुसार दुई वर्षमा गृह मन्त्रालयसाग सम्बन्धित सबभन्दा बढी चार हजार दुई सय ६२ र शिक्षा मन्त्रालयसाग सम्बन्धित तीन हजार ३४ गुनासो परेका छन् । हाल मासिक औसतमा ६ सय देखि ८ सय सम्म गुनासो पर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया