क्रिकेट खेलाडीलाई नगरपरिक्रमा

cricketकाठमाडौ, २० मंसिर । आगामी मार्चमा बंगलादेशमा हुने टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टिमलाई सम्मानस्वरूप बुधबार नगर परिक्रमा गराएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नगरपरिक्रमा नक्सालस्थित होटल क्राउन प्लाजाबाट सुरु भएर दरवारमार्ग, पुतलीसडक, सहिद गेट हुदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिषरमा गएर टुङ्गिएको थियो ।

करिब तीन घन्टा लागेको परिक्रममा खेलाडीहरूलाई भब्य रूपमा सिङ्गारिएको मीनी–टाटामा राखिएको थियो । मिनी–टाटाअघि पञ्चे बाजा बजाएर खुसिको महोल बनाइएको थियो । खेलाडीहरू बसेको मिनी–टाटापछि हजारौ संख्यामा समर्थहरूले खेलाडीहरूको जय–जयकार गरेका थिए । गन्तब्यमा जादै गरेका कतिपय समर्थकहरू र्‍यालीमा स्वतस्र्फूत रूपमा सामेल भएका थिए भने कतिपयले खेलाडीको सम्मानमा बाटोबाटै ताली पीटेका थिए भने कतिपयले पुष्पबृष्टि गरेका थिए । र्‍याली सहभागी समर्थहरूले खुसियालीमा नाचगान समेत गरेका थिए ।
नगर परिक्रमा पछि राखेपमा खेलाडीको सम्मानार्थ कार्यक्रम राखिएको थियो । सम्मान कार्यक्रममा बोल्दै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्को सबै नेपालीहरू मुहारमा खुसिको बहार ल्याउन सक्नु आफ्हरूको सफलता भएका बताए । ‘ क्रिकेटले सम्पूर्ण नेपालीहरूलाई खुसि दिएको छ । ’ पारसले भने ‘ यहा सबैको अनुहारमा हासो देख्दा आफुलाई भाग्यमानी ठान्छु । ’ पारसले अघि थपे ‘ हामीले नेपालको लागि खेलेका हौ र खेलिरहेनो छौ, हामी जहा गएपनि नेपालको झण्डा देख्छौ , धेरै खुसी लाग्छ । अझ मेहनत गर्न मन लाग्छ । ’
क्रिकेटको विकाशको लागि अझ सहयोग आवश्यक रहेको पारसले बताए । पारसले भने ‘ सम्मान र समर्थन वर्षमा एक पटक आउने दशै–तीहार जस्तो नहोस्, यो केहीदिनको रमझम हो । ३ महिनापछि विश्वकप छ , खेललाई कसरी अगाडि बढाउने भन्नेमा सही ठाउमा सही मान्छे आएर अगाडि बढ्नुपर्छ जबसम्म राइट मान्छे राइट ठाउामा आउादैन, हामी अगाडि बढ्न सक्दैनौं । सबै मिलेर नै अघि बढ्दा देश विकास हुन सक्छ । ’
कार्यक्रममा मुख्य–सचिव लीलामणि पौडेलले विश्वकपको तयारीका लागि आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार रहेको बताए । पौडेलले नेपाली टिमको सफलतामा आफु भावुक भएको बताए । सफलता पाउादा आफू दुई पटक रोएको भन्दै उनले सगरमाथा आरोहण गर्ने कर्मचारीहरूको टोलीको सम्मान र नेपाल विश्वकपमा छनोट हुादा भावुक भएको बताए । क्रिकेटले टिम स्प्रिरिटको नमुना देखाएको भन्दै पौडेलले भने ‘ नेपाली टिमले जुन किसिमको स्प्रिरिट देखाएको छ, त्यो उत्कृष्ट छ, राजनितिक अस्थिर हाम्रो मुलुका राजनितिक दलका नेतालाई क्रिकेटले गतिलो जवाफ दिएको छ । ’
राखेप सदस्य सचिव युवराज लामाले नेपाली टिमको साथै प्रशिक्षक पुबुदु दासानायकेको सम्मानमा व्यक्त गर्न शब्द आफूसाग नभएको बताए । नेपाली क्रिकेटको विकाशको लागि राखेप प्रतिबद्ध रहेको भन्दै तत्काल कार्ययोजना बनाएर अघि बढ्ने लामाको भनाई थियो ।

प्रतिक्रिया