काठमाडौ, २० मंसिर । आगामी महिना न्युजिल्यान्डमा हुने एदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसम्मिलित समूहमा स्कटल्यान्ड, यूएई, क्यानडा र हङकङ छन् । यस्तै अर्का समुहमा नेदरल्यान्ड्स, केन्या, नामिबिया, पपुवा न्युगिनी र युगान्डा परेका छन् ।
यूएई, नेदरल्यान्ड्स, स्टकल्यान्ड, केन्या, नामिबिया र क्यानडा विश्व क्रिकेट लिग च्याम्पियसीपबाट छनोट हुन नसकेपछि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् । त्यस छनोटबाट अफगानिस्तान र आयरल्यान्ड यसअघि नै विश्वकपमा छनोट भैसकेका छन् । हङकङ र नामिबिया वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा तेस्रो र चौथौ भएपछि दोस्रो चरणको लागि छनोट भएका हुन् । यी राष्ट्र शीर्ष दुईमा पर्न सकेको भए पहिलो चरणको छनोट पनि खेल्न पाउने थिए । नेपालले वल्र्ड क्रिकेट लिग डिभिजन–३ को उपाधि जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको हो । यस्तै डिभिजन–३ को फाइनलमा नेपालसाग पराजित भएपनि युगान्डा उपविजेता भन्दै छनोटमा परेको हो ।
प्रतियोगिताको दुबै समूहको शीर्ष दुई टिमले सन् २०१५ मा अष्ट्ेरलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजन गर्ने विश्वकप क्रिकेटको लागि छनोट हुनुका साथै एकदिवसीय मान्याता पाउनेछन् । समूहमा दोस्रो हुने दुई टिमले पनि एकदिवसीय मान्यता पाउनेछन् । तेस्रो र चौथौ हुने चार टिम डिभिजन–२ मा रहनेछन् भने अन्तिम दुई टिम डिभिजन–३ मा घटुवा हुनेछन् ।
प्रतिक्रिया