दाङ : जिल्लाको बिजौरीमा पहिलोपटक लोपउन्मुख पंक्षी अस्ट्रिचको व्यावसायिक रूपमा पालन सुरु गरिएको छ ।
बिजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली रहेको ८० बिघा क्षेत्रफल जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यावसायिक रूपमा अस्ट्रिच पालन सुरु गरेको हो । अहिलेसम्म एक सय ७१ वटा अस्ट्रिच ल्याइसकेको उक्त प्रालिका प्राविधिक मानबहादुर दर्लामीले जानकारी दिए ।
कम्पनीले रूपन्देहीमा व्यावसायिक रूपमा उक्त पक्षीपालन गदै आएको र यसको मासु विश्वका धेरै देशबाट माग भइरहेको हुँदा यसको विस्तारका लागि यहा पनि व्यावसायिक रूपमा पालन सुरु गरेको जनाएको छ । यस स्थानमा सात सय अस्ट्रिचपालन गर्ने तयारीका साथ हालसम्म रु चार करोड लगानी गरेर काम भइरहेको दर्लानीले बताए ।
उनले दाङमा मासु, छाला, प्वाक, हड्डी भन्दा पनि अण्डा उत्पादन गर्ने र रूपन्देहीमा लगेर बच्चा उत्पादन गर्ने कम्पनीको सोच रहेको बताए । एउटा अस्ट्रिचको तौल करिब दुई सय ५० केजीसम्म हुने र प्रतिकिलो दुई हजारमा बिक्री हुने जनाइएको छ । हालसम्म कम्पनीले यसको व्यावसायिक रूपमा पालन गर्नेका लागि रु चार करोड लगानी गरी सकेको जनाएको छ ।
प्रतिक्रिया