गच्छदारले धाँधली गरेको आरोप

काठमाडौं : मधेसी जनअधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदारले धाँधली गरेर निर्वाचन जितेको आरोप लागेको छ । गच्छदारले किर्ते गरेर सुनसरी ३ बाट चुनाव जितेको भन्दै संविधानसभा अदालतमा मुद्धा समेत दायर गरिएको छ । गच्छदारकी निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी भगवती चौधरीले बुधवार संविधानसभा अदालतमा मुद्दा दिएकी हुन् । ‘सूर्यमा लागेको सदरमतमा किर्ते स्वस्तिक छाप लगाई बदर गराइकोले किर्ते पहिचान गराई तत्काल विपक्षीको विजय परिणाममा रोक लगाई आवश्यक छानविन गरी मलाई विजय घोषित गरी पाउँ’ चौधरीले दायर गरेको मुद्धामा उल्लेख छ ।
मंसीर ४ गते भएको संविधानसभा निर्वाचनमा गच्छदारले सुनसरी ३ र मोरङ ७ बाट उम्मेद्वारी दिएका थिए । मोरङ ७ बाट चुनाव हारेका गच्छदारलेसुनसरीबाट भने जीत दर्ता गराएका थिए । सुनसरी ३ मा गच्छदारले १७ हजार ५ सय २४ ल्याएर एमालेकी चौधरीलाई ३ सय ६२ मतको अन्तरमा हराएका थिए । सो क्षेत्रमा ५३ हजार ४ सय १९ मत खसेको थियो जसमध्ये ३ हजार ८ सय ५२ बदर भएको थिए। बदरमतमा पनि आफ्ना २८ सय मत बदर भएको र सो बदर मत कृतिम बदर भएको भन्दै चौधरी अदालत गएकी हुन ।

प्रतिक्रिया