मनाङ मस्र्याङ्दी र थ्रीस्टारको जित

ncell-cupकाठमाडौ, १९ मंसिर । एनसेल कप फुटबलको मंगलबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबले ब्वायज युनियन क्लबमाथि १–० को संघर्षपूर्ण जित हात पार्‍यो । अर्को खेलमा थ्रीस्टार क्लबले एपीएफलाई २–१ ले हरायो । मनाङ मस्र्याङदी क्लबलाई जित दिलाउने क्रममा अनील गुरुङले १८ औ मिनेटमा गोल गरे । उनले रुपेस केसीले दिएको सानदार पासलाई उपयोग गर्दै गोल गरेका हुन् ।

सुरुवातमै आक्रमक देखिएको ब्वायज युनियन पहिलो गोल भए पछि लय गुमाउन पुगेको थियो । उतराद्र्धमा भने त्रीपुरेश्वरको रैथाने टोली पूर्ण रुपमा रक्षात्मक बनेको थियो । २३ अ‍ै मिनेटमा ब्वायज युनियनले बराबरीको मौका पाए प िएनआरटीका पूर्व खेलाडी अकिमले गोलपोस्ट भन्दा माथि प्रहार गर्दै मौका खेर फाले । त्यसको उक मिनेट पछि नै असिम जंग कार्कीले प्रहार गरेको बलले गोलरक्षकलाई पार गरे पन िगोलपोस्टको छेवैबाट बाहीरियो । ३४ औ मिनेटमा मनाङले पनि अग्रता दोब्बर पार्ने अबसर पाएको थियो । तथापी दिपक राइको सर्टलाई ब्वायज युनियनका गोलरक्षक राजु योगीले सानदार ढंगले बचाए ।
खेलको अन्त्यतीर ब्वाइज युनियन आक्रमक भए पनि उनीहरूको प्रयास सपलm हुन सकेन । अकिमले मनाङका रक्षकलाई छलाउदै अबसर सृजना गरे पनि एमबेल स्टेफाइनले मनाङको संकट टारे । सुजल श्रेष्ठको एउटा प्रहार क्रसबारमा लागे पछि मनाङ गोल अन्तर बढाउनबाट चुकेको थियो । समुह सीमा यी दुइसंगै सरस्वती क्लब रहेको छ ।
अर्को खेलमा थ्रीस्टारलाई जित दिलाउने क्रममा प्रकास बुढाथोकीले दुवै गाले गरे ।एपीएफका लागि रन्जन बिसटले गोल गरे । २१ औ मिनेटमा एपीएफको रक्षापक्तिको फाइदा उठाउदै प्रकासले पहिलो गोल गरे । लगत्तै रन्जनले बराबरी गोल गरेका थिए । रन्जनको प्रहार थ्रीस्टारको गोलपोस्ट सम्हालेका एलन न्यौपानले पत्तै पाएनन् । ३१ औ मिनेटमा एपीएफका गणेश लावतीले थ्रीस्टारका रक्षक सन्दिप राइलाई पार गर्दै गरेको प्रहार साइडबारमा लागेर नफर्केको भए खेलले अकै दिसा पन सलन सक्थ्यो । ५५ औ मिनेटमा विराज मर्हजनलाई फल प्रहार भए पछि दोस्रो पहेलो कार्ड स्वरुप बिसाल श्रेष्ठले रातो कार्ड पाएका थिए ।
यसपछि खेलमा थ्रीस्टार लगातार हाबी भएको थियो । यस पछि पनि थ्रीस्टारको प्रदर्शनमा भने आकर्षण भने थीएन । ७० औ मिनेटमा एपीएफका गोलरक्षक सबिन अगाडी बढेको मौकामा प्रकासले सानदार गोल गरे । त्यस पछि थ्रीस्टार रक्षात्मब बनेको थियो । यो दुइ टोलीसंगै समुहमा नेपाल पुलिस क्लब रहेको छ ।
थ्रीस्टारका प्रशिक्षक अन्जन केसीले नेपाल पुलिस क्लब अनुभबी टोली भएका कारण सम्हालीएर खेल्नु पर्ने र त्यो खेलमा आफ्नो टोलीको प्रदर्शन पनिसुधार हुने बताए । एपीएपकmा प्रशिक्षक कृष्ण थापाले पुलिस क्लबसंग जित आबस्यक भएका कारण जितका लागि खेल्ने बताए ।

प्रतिक्रिया