दीपज्योतिको दोहोरो जित

volleyballकाठमाडौं : दीपज्योतिले २० औं आयसर–ज्ञानकार्निभलको ब्वाइज भलिबलमा मंगलबार दोहोरो जित हात पारेको छ । सानेपास्थित ज्ञानोदय बालवाटिका उमाविमाको कोर्टमा भएको खेलमा दीपज्योतिले प्याराडाइम्लाई २५–१८ र २५–१४ तथा ज्ञानोदयलाई पनि २५–१८ र २५–१४ ले नै पराजित गर्‍यो । प्याराडाइम साविक विजेता स्पाङ्डेलसंग पनि २१–२५, २५–१७ र २५–१८ ले चुक्यो ।
कानिर्भलअन्तर्गत बुधबार बास्ेटबलको फाइनल हुनेछ । ब्वाइजमा इनोभेटिभ र एलआरआई तथा गल्र्समा मल्पी र आयोजक ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सिय स्कुल (जीआईआरएस) उपाधिका लागि भिड्नेछन् । (सौस)

प्रतिक्रिया