निर्वाचन खर्च विवरण बुझाउन शुरु

वीरगन्ज : निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण बुझाउन आदेश गरे सँगै नेताहरुले विवरण बुझाउने क्रम शुरु भएको छ । यसै विच पर्सा क्षेत्रका उम्मेदवारहरुले पनि निर्वाचन खर्च विवरण बुझाउन शुरु गरेका छन् ।
प्राप्त जानकारी अनुसार हालसम्म दुइ जना नेताले खर्चको विवरण बुझाएका छन् । खर्च विवरण पेस गर्नेमा एनेकपा माओवादीका तर्फबाट पर्सा क्षेत्र नं ३ का उम्मेदवार क्रमश: जितेन्द्र यादव र ४ का प्रह्लाद गिरी रहेका छन् । मतगणना सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचनमा भए गरेका खर्चको विवरण पेस गर्नुपर्ने भएको व्यवस्थाअनुरूप ती दुवै जनाले जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण पेस गरेका हुन्  । जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेदवार यादवले रु आठ लाख ८३ हजार तथा गिरीले रु ८ लाख ८ हजार खर्च भएको विवरण पेश गरेका छन् । (सौस)

प्रतिक्रिया