२२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस

apangataकाठमाडौं, १८ मंसिर । २२ औं अन्तर्राष्ट्रि्रय अपांगता दिवस ‘अवरोधलाई हटाउँ, सबैका लागि समावेशी समाजको मार्ग खोलौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

यसै अवसरमा आज (मंगलबार) बिहान राजधानीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । राष्ट्रिय अपांङग महासंघ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले संयुक्त रुपमा बसन्तपुरबाट प्रभातफेरी निकालेका हुन् ।

प्रभातफेरीमा विभिन्न संघ संस्थानका साथै सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।

सन् १९९२ मा संयुक्त राष्ट्र संघले डिसेम्बर–३ लाई अपांगता भएकाहरुको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया