‘पहुँचवालालाई मात्रै राहत’

धनकुटा : द्वन्द्वका कारण विस्थापित बनेका द्वन्द्वपीडितलाई दिइँदै आएको राहतबाट वञ्चित
हुनुपरेको धनकुटाका केही द्वन्द्वपीडितले गुनासो गरेका छन् ।
सरोकारवाला निकायको बेवास्ताका कारण उक्त राहत नपाएको उनीहरुको गुनासो छ । शान्ति कोष सचिवालयसँगको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी द्वन्द्वपीडितले पहुँचवालालाई मात्रै राहत बााडिएको आरोप लगाए ।
द्वन्द्वका कारण विस्थापित बनेका धनकुटा कुरुलेतेनुपा–९ का ऋषिराम ढुंगानाले जिल्ला प्रशासन कार्यालय र स्थानीय शान्ति समितिले मनोमानी गरेर पहँुचवालालाई मात्रै राहत बाँडेको आरोप लगाए ।
आाखीसल्लाका तिलक राईले रराहतको लागी प्रक्रिया अघि बढाएको लामो समय बितिसक्दा पनि राहत नपाएको गुनासो गरे । द्वन्द्वपीडितहरू सुस्मा किराँती, रामकुमारी राईलगायतले पनि राहत वितरणमा अन्याय गरेको आरोप लगााएका थिए ।
द्वन्द्वपीडितको गुनासो तथा आरोपमाथि टिप्पणी गर्दै स्थानीय शान्ति समितिका संयोजक चन्द्रसिंह नेम्बाङ र सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले राहत वितरणमा विभेद नगरिएको दाबी गरे । उनीहरूले जिल्लाबाट धेरैको सिफारिस गरिएको भए पनि शान्ति मन्त्रालयबाट सिफारिस गरिएका सबैलाई राहत रकम नआएकाले समस्या भएको प्रतिक्रिया दिएका थिए । (सौस)

प्रतिक्रिया