राष्ट्रिय खेलकुद पुसमा

काठमाण्डौं, १७ मंसिर । छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितमा सामेल भएका राष्ट्रिय संघहरुद्वारा आयोजना गरिने खेलकुद प्रतियोगिताहरु २०७० १५ पुस १५ देखि १५ माघसम्म आयोजना गरिने भएको छ । आईतबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाको उपस्थितीमा राष्ट्रिय संघहरुका प्रतिनिधीहरु सहितको बैठकले तोकिएको मिति भित्रनै संचालन र सम्पन्नगर्ने गरि प्रतियोगितालाई सहभागितामूलक, उत्पादनमूलक र प्रचारात्मककिसिमले प्रतियोगिता संचालनगर्ने  निर्णय गर्‍यो ।

प्रतियोगितालाई मर्यादित र सहभागितामूलकबनाउनको लागि खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालको संयोजकत्वमा७ सदस्यिय राष्ट्रिय प्रतियोगिता समन्वय समिती २०७० समेत गठनगरिएको छ । उक्त समितीका अन्य सदस्यहरुमा खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, कलेज तथा स्कुल खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रशिक्षण प्रतिष्ठानका प्रमुख तिलकबहादुर राउत, आर्थिक प्रमुख बासुदेव आचार्य, राष्ट्रिय टिम तयारी समितीका संयोजक हरिहर श्रेष्ठ र प्राविधिक कार्यकारी बोर्डका सचिव पार्थसारथी सेन गुप्त“मिठु” रहेकाछन् ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७० सालमा गर्ने परिषदको निर्णय भएता पनि संविधान सभाको निर्वाचनका कारण उक्त प्रतियोगिता हुन नसकेका कारण राष्ट्रिय खेल संघहरुलाई प्रतियोगिता संचालनार्थ परिषदले बााडफााड गरेको रकमबाट उक्त प्रतियोगिता संचालन गरिने प्रतियोगिता समन्वय समितीका संयोजक एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालले जनाएकाछन् ।

प्रतिक्रिया