महिलाको स्वास्थ्य परीक्षण

काठमाडौं, १७ मंसिर । काठमाण्डौंको छैमले गाविसका करिब २२५ महिलाको स्तन तथा पाठेघरको परीक्षण गरिएको छ । राजधानीबाट नजिकै रहेपनि शिक्षा, स्वास्थ्य, यातायातलगायतका सुविधा पुग्न नसकेको सो क्षेत्रमा शनिबार ग्लोबल पिस फाउन्डेसन र नेपाल क्यान्सर सहयोग समूहको संयुक्त आयोजनामा भएको शिविरमा महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । सो अवसरमा डा सुदिप श्रेष्ठले सामान्य परीक्षणबाट नै क्यान्सरको पहिलो चरण थाहा हुने भएकाले महिलाले स्तन तथा पाठेघरको परीक्षण बेलाबेलामा गराइरहनुपर्नेमा जोड दिए ।

क्यान्सर चेतना एवम् नि:शुल्क क्यान्सर परीक्षण शिविर नाम दिइएको सो शिविरमा क्यान्सरसम्बन्धी जनचेतना जगाउनेखालका दृश्यहरू प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया