नियोन सोतोकानमा मोक्तान निर्विरोध

nihon-sotokan-japa-काठमाडौ‘ १६ मंसिर । नेपाल नियोन सोतोकान करॉते डो संघको अध्यक्ष पदमा जितेन्द्र कुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । ललितपुरमा सम्पन्न संघको दोस्रो साधारणसभाले मोक्तानलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा दीलिपकुमार साउदीन छन् भने नेमा ग्याल्पो लामा, खड्ग गुरुङ र मुना आलेमगर उपाध्यक्ष छन् । त्यस्तै प्रमूख प्रशिक्षक सञ्जय लामा महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा गोविन्द पोखरेल, सह–सचिवमा राजेन्द्रकुमार मोक्तान तथा कोषाध्यक्षमा अभय मोक्ता निर्विरोध भए । १८ सदस्यिय कार्यसमितिमा रमेश राना, प्रकाश थापामगर, राबहादुर तामाङ, जसीमाया बम्जन, लक्ष्मीप्रसाद खड्गी, रोजबहादुर ग्यावक, बुद्धि बहादुर तामाङ,हरेन्द्र लावती र राजेन्द्र कुमार केआर छन् ।
बॉकी सदस्यहरुको मनोनयन संघको पहिलो बैठकले गर्ने जानकारी महासचिव तथा प्रमूख प्रशिक्षक सञ्जय लामाले दिएका छन् । संघका नवनिर्वाचित अध्यक्ष मोक्तानले माघ ७ र ८ गते हुने साफ च्याम्पियनसिपको तयारीमा लाग्ने पनि जानकारी दिए ।

प्रतिक्रिया