अबुधाबी, १५ मंसिर । आइसिसी वल्ड २० ट्वान्टी क्वालीफायरको सेमिफाइनलमा नेपाल अफ्गानिस्तानसंग सात विकेटले पराजित भएको छ । यी दुवै देश यस अघि नै अन्तिम क्वालीफायरको निम्ती छनोट भइसकेका थिए । आयसिसीको प्राबधान अनुसार शिर्ष ८ टोली सिधै अन्तिम चरणमा खेल्ने छन् । बाकी रहेका ८ टोली मध्यका दुइले अन्तिम क्वालीफायर खेल्दै दुइ टोली खेल्ने छन् । २० ट्वान्टीको सुरुवाती सस्करणमा सबै एकै पटक लिग कम नकआउट भए पनि पछि सहभागी टोलीको संख्या थप्दै क्वालीफायरलाई पनि बिश्वकपकै एक चरणको रुपमा ब्याख्या गरेको हो । नेपालले त्यो चरण पार गरे मात्र शिर्ष टोलीसंग खेल्न पाउने छ ।
शुक्रबार अबुधाबीमा भएको खेलमा ९१ रनको लक्ष्य पाएको अफगानीस्तानले १४.२ ओभरमा ९६ रन प्रहार गर्यो । गुल्वादिन नबीनले शक्ति गौचनको बलमा छक्का प्रहार गर्दै अफगानीस्तानको जितलाई औपचारिकता दिए । नाराजे मंगलले ३४ बलमा ४८ रन प्रहार गरे । सेन्वारी समुल्लाले भने २४ रन जोडे । अफगानीस्तानको सुरुवात भने राम्रो रहेन । ११ रनमा दुइ विकेट गुमाएको अफगानीस्तानले तेस्रो क्रमका ब्याट्सम्यान नुर अली जारदान पन िउक रनमा रिटायडं हटृ भए पछि मंगल र समुल्लाले अफगानीस्तानको पारी सम्हालेका थिए । समुल्लालाई बसन्त रेग्मीले आउट गरे । अभीनास कर्णले दुइ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाउदै ९० रनको झीनो योगफल तयार गर्यो । शरद भेषवाकरले अविजित २७ रन प्रहार गरे । २८ बलको सामना गरेका भेषवाकरले दुइ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्लले १४ र पारस खडकले १३ रन प्रहार गर्नु बाहके अन्यले दोहोरो अंक छुन सकेनन् । समुह चरणमा अफगानीस्तानले नेपालालई नौ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया