फूल, तिमी र म

JIwan-raj-budhathokiफुलुन् फूल बगैंचामा, हासोस् प्रकृति
नाचुन् भमरा र पुतली, छावोस् प्रकृति

रंगका पारखी अनेक भावना, तरंगित,
तिमीबाट सुन्दरता त्यो, पावोस् प्रकृति

देखें सुन्दर फूल हावाको, बेगमा झूल्दै,
सम्झे तिमी कटक्क मन, खावोस् प्रकृति

फूल फुल्छन् केवल आफ्नै, याममा तर,
बाह्रै महिना तिम्रै पछि, धावस् प्रकृति

कहिले दिक्क लाग्छ यी, फूल देखेपछि,
केवल तिम्रै झल्कोमा, हरावोस् प्रकृति

फूलमाझ आफै फूल झैं, लाग्छौ तिमी,
भमरासंगै तिमीलाई, सजावोस् प्रकृति

खलंगा ९, सल्यान
हाल : मैतीदेवी, काठमाडौं

प्रतिक्रिया