कवितामा आमा

कस्तो कविता कोरूँ ?

कवितामा
मेरी आमा विम्ब बन्छिन्
प्रतीक बन्छिन्
अझ सिंगो प्रकृति नै
मेरी आमाको मुहार बनेर
मुस्कुराउँछिन् कवितामा †

कवितामा म
आमाको मुहार कोर्न खोज्छु
उनको न्यानो वात्सल्य
र, निश्वार्थ मायाको
मूल्य शब्दमा पोख्न खोज्छु

कवितामा हेरिरहन्छु
आमाको मुहार
सुनिरहन्छु
आमाकै बोली

मेरो सानो कवितामा
आमाको विशालता
अथाह गहिराइ
अनि, सगरमाथाभन्दा अग्लो
उचाइ देख्दछु

मेरो सामुन्ने
साक्षात देवी उभिएजस्तै
आमाको आकृति पाउदछु

प्रतिक्रिया