सिवामा ट्याक्टर दुर्घटना/एक जनाको मृत्यु

Panchathar Districtपाँचथर, १४ मंसिर । पाँचथरको सिवा गाविसमा ट्याक्टर दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना गम्भीर घाईते भएका छन् ।
सिवा–३, नवमीडाँडा–कान्छीदोकान सडक खण्डको धारापानी भन्ने ठाउँमा आज (शुक्रबार) विहान अनियन्त्रित भई मे १ त २०५७ नम्वरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट करीव एकसय ५० मिटर तल खसेको छ ।

मृत्यु हुनेमा ट्याक्टर सवार नवमिडाँडा–३ का ४० वर्षीय प्रेमबहादुर दुलाल रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

घाईते हुनेमा चालक थर्पू–१ का चुलबुल भारती, सहचालक ईलाम मंगलबारे–६ का देवीकुमार राई र ट्याक्टर मालिक नवमीडाँडा–१ का प्रेम चाम्लिङ रहेका छन् ।

प्रतिक्रिया