अफगानिस्तान र नेपाल प्रतिष्ठाको लडाइँमा

t-20-cricketदुबइ, १४ मंसिर । ट्वान्टी ट्वान्टी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तान विच खेल हुदैछ । दुबै टोलीले विश्वकपमा प्रबेश पाइसकेका कारण यो खेल छनोटको भन्दा पनि प्रतिष्ठाको लडॉईका रुपमा रहनेछ । नेपाली टिमलाई पछिल्लो समय अफगानिस्तानले एकपछि अर्को खेलमा पराजित गर्दै आएको छ । त्यसैले विश्वकपमा छनोट भएर शिर उचो‘ पारेको नेपाली टिम अफगानिस्तानलाई गतिलो जवाफ फर्काउ‘दै समर्थकलाई थप हर्षित पार्न चाहन्छ । नेपाली टिमका प्रशिक्षक पुबुदु दासनायकेले स्वदेश छाड्नुअघि यसपटक टिमले सरप्राइज दिने बताएका थिए । भलै, नेपाली टिम विश्वकपमा छनोट भइसकेको छ । तथापी एकदिवसीय मान्यताप्राप्त स्कटल्याण्ड, नेदरल्याण्डस् र अफगानिस्तानस‘ग पराजित भएका कारण नेपालले समूह चरणमा कुनै सरप्राइज दिन पाएन । नेपालको लक्ष्य छनोटमा शीर्ष स्थान हात पारेर विश्वकप यात्रा गर्नु थियो । विश्वकप यात्रा तय गरिसकेपनि नेपालले शीर्ष स्थान हात पार्ने नजिक पुग्न भने आजको खेल जित्नुपर्नेछ ।  समूह चरणमा पनि नेपाल र अफगानिस्तान एकअर्का विरुद्ध भिडेका थिए । त्यतिबेला शारजहॉ क्रिकेट मैदानमा टस जिते पहिले फिल्डिङ रोजेको अफगानिस्तानले नेपाललाई ७ ओभरमा ७३ रनमै समेट्यो । डर्कवथ लुईस नियमका आधारमा ७ ओभरमा झारिएको खेलमा नेपालका ओपर सुवास खकुरेल १६ तथा सागर पुन २२ रनमै समेटिएका थिए । अफगानि बलर मरवाईफ अर्सरफले उनीहरुलाई निशाना बनाएपछि नेपालले राम्रो ब्याटिङ गर्न सकेन । प्राप्त, चुनौतिलाई अफगानिस्तानले केवल १ विकेटको क्षतिमा पारेको थियो । त्यसयता, बर्मुडालाई हराएर समूहमा तेस्रो स्थान हासिल गरेको नेपाल हङकङलाई पराजित गर्दै विश्वकपमा छनोट भएको हो ।

सोझै, सेमिफाइनल यात्रा गरेको अफगानिस्तानले भने प्रतियोगिताको समूह चरणमा एउटै मात्र खेल गुमायो । अफगानिस्तानलाई ९० रनमै समेटेर नेदरल्याण्डस्ले समूह चरणमा ७ विकेटको फराकिलो विजय निकालेको थियो । प्रतियोगिताको सूरुआती खेलमा नेदरल्याण्डस्स‘ग पराजित भएपनि त्यसयता, अफगानिस्तानको विजयी ऋंखलामा ब्रेक लागेको छैन् । दोस्रो खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १७ रनले हराएको थियो । त्यस्तै, तेस्रो खेलमा पपुवा न्यूगिनी विरुद्ध ६ विकेटको फराकिलो जीत निकाल्यो । बर्मुडालाई ८ विकेटले हराएको अफगानिस्तानले डेनमार्क विरुद्ध भने ८ विकेट गुमाएर १ सय ४६ रनको विजयी लक्ष्य भेट्टयाएको थियो । नेपालस‘ग भिडन्तपछि अफगानिस्तानले केन्यालाई ३४ रनले हराएर सोझै विश्वकप यात्रा गर्‍यो । नेपाल र अफगानिस्तान एशियाली क्रिकेटमा परिचित प्रतिद्धन्द्धी हुन् । प्रतियोगिताअघि एसीसी इमर्जिङ कपअन्तर्गत एकदिवसीय खेलमा अफगानिस्तानले नेपाल विरुद्ध ३ रनको रोमान्चक जीत निकालेको थियो । त्यसअघि नेपालमै भएको एसीसी ट्वान्टी ट्वान्टी कपको फाइनलमा पनि दुबै टिम भिडेका थिए , जसमा अफगानिस्तानले ७ विकेटको जीत निकाल्यो ।

हङकङ विश्वकपमा छनोट
नेपालस‘ग पराजित भएपनि हङकङले इतिहासमै पहिलोपटक विश्वकप खेल्ने अवसरलाई सदुपयोग गरेको छ । प्लेअफमा पपुवा न्युगिनीलाई २९ रनले हराउ‘दै हङकङ प्रतियोगितामा छनोट भएको हो । अबुदाबिस्थित सेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको हङकङलाई पपुवा न्युगिनीले १ सय ३७ रनमै समेटेको थियो । तर नेपाल विरुद्ध कसिलो बलिङका बाबजुद हार व्यहोरेको हङकङले प्रतिउत्तरमा पपुवा न्युगिनीलाई १ सय ८ रनमै अलआउट गर्‍यो । हङकङको क्रिकेट इतिहासकै सबैभन्दा संझनलायक प्रतिस्पर्धामा मुनिर दारले २६ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । त्यस्तै हसिब अमजदले केवल १८ रन खर्चिएर २ विकेट लिए भने तानविर अफजाल, नादिम अहमद र इरफान अहमदले एक एक विकेट लिए । सन् १९६९ यता, आईसिसीको सदस्यता लिएको हङकङले सन् २००४ मै एकदिवसीय मान्यता पाएपनि अहिलेसम्म कुनै पनि फरम्याटको विश्वकप खेलेको छैन् ।

प्रतिक्रिया