काठमाडौं, १४ मंसिर । कोका–कोला नेपालले फिफा वल्र्ड कप २०१४का लागि फिफा वल्र्ड कप ट्रफी :टुरको एन्थम द वल्र्ड इज आवर्सको नेपाली संस्करण बनाउन संगीत प्रतियोगिताको शुरुवात गरेको छ । कोका–कोलाद्वारा आयोजित यस प्रतियोगिताको विजेताले लोकप्रिय नेपाली १९७४ एडीसं ग सहकार्य गर्दै “द वल्र्ड इज आवर्स” को नेपाली संस्करण बनाउने छन् ।
कोका–कोलाका लागि नेपाल र भुटानका प्रबन्धक शदाब खान भन्छन् ‘ फिफा वल्र्ड कप को कथा “द वल्र्डस कप ” लाई जिवन्त बनाउन संगीतले महत्वपूर्ण भूमिका खेल्नेछ । यो संगीत प्रतियोगिता नेपालका संगीत प्रेमिहरुलाई सगै ल्याएर संगीत रचना गर्ने र खुसी बााड्ने मनसायले डिजाइन गरिएको हो । नेपालका ब्याण्डहरुका लागि उनिहरुको संगीतप्रतिको प्रेम र फुटबललाई मिलाइ कोका–कोलासाग सहकार्य गर्ने सुनौलो मौका हो ।’
यस संगीत प्रतियोगिताको शुरुवात २३ नोभेम्बरमा भएको थियो । यसको अन्तिम नतिजा २० डिसेम्बरमा हुनेछ । नेपालभरिका ब्याण्डहरुले २ डिसेम्बर भित्र आफ्नो रचनामा पठाइ संगीत प्रतियोगितामा भाग लिन सक्नेछन् ।
पहिलो चरणमा उत्कृष्ट १० ब्याण्डहरु छानिनेछन् । यिनको नाम रेडियोमा घोषणा गरिनेछ । यी उत्कृष्ट १० ब्याण्डहरुलाई एउटा पूर्वनिधारित गीतको बोल दिइनेछ जसलाई उनीहरुले फिफा वल्र्ड कप त्: को एन्थम “द वल्र्ड इज आवर्स” को नेपाली संस्करण बनाउनु पर्नेछ ।
दोस्रो राउण्डमा यी १० वटा ब्याण्डहरुबाट ३ वटा उत्कृष्ट ब्याण्डहरु छानिनेछन् । तेस्रो तथा अन्तिम राउण्डमा यी ३ गीतहरु इमेज एफएममा प्रस्तुत गरिनेछन् । श्रोता तथा दर्शकको भोटिङ, विशेषज्ञहरुको टोली र १९७४ एडीको सहकार्यमा १ विजेता छानिनेछन् ।
“द वल्र्ड इज आवर्स” ले ब्राजिली मौलिकता र संस्कृतिलाई संसारको सामु लिएर आउनेछ । डेभिड कोरीको आवाजसागै यस गीतमा रियोको सर्वोत्कृष्ट साम्बा ब्याण्ड मोनोब्लकोले विशुद्ध स्थानीय संगीत दिएको छ । “द वल्र्ड इज आवर्स” ले वीरता र सपना साकार पार्ने प्रोत्साहनलाई दर्शाउनुका साथै एकता, खोज र उत्सवलाई झल्काउछ ।
यो ट्रफि टुर कोका–कोला फिफा वल्र्ड कपको एउटा भाग हो जसले फुटबल प्रसंसकहरुलाई ‘द वल्र्डस कप’ को कथाको हिस्सा हुने मौका दिनेछ । फिफासागको सहकार्यबाट कोका–कोलाले यही डिसेम्बर २१ मा असली फिफा वल्र्ड कप ट्रफी पहिलो पटक नेपालमा लिएर आउदैछ ।
कोका–कोलाको फिफासागको सहकार्य कोका–कोलाले सन् १९७४ देखि फिफासंग सहकार्य गर्दै आएको छ । सन् १९७८ देखि फिफा वल्र्ड कपको आधिकारिक प्रायोजक रहेको छ । कोका–कोलाले सन् १९५० देखि हरेक फिफा वल्र्ड कपमा स्टेडियम एड्भरटाइजिङ् गरेको छ । साथै संसारभरी विभिन्न चरणमा फुटबलको प्रवर्धन गर्दै आएको छ । कोका–कोला र फिफाको २००६ र २०१० को वल्र्ड कप पछिको यो तेस्रो ट्रफि टुरको सहकार्य हो ।
कोका–कोला नेपालको बारेमा कोका–कोलाको कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्ले जस्ता वृहत् रेन्जका पेय पदार्थहरुले देशभरिका ग्राहकहरुलाई ताजापन प्रदान गर्दछ । कोका–कोलाको नेपालमा रहेको निकायले ५हजार भन्दा बढीलाई प्रभाव पार्दछ । कोका–कोलाले आफ्नो सामाजिक दायित्वका प्रोजेक्टहरु मार्फत थुप्रै क्रीयाकलापहरु गर्ने गर्दछ, जस अन्तर्गत स्वस्थ र स्फूर्तिपूर्ण जीवन जिउन प्रेणित गर्नका लागि एन्फाको साथमा कोका–कोला फुटबल कप, देशभरिका विद्यालय र गाउाहरुमा सुरक्षित पिउने पानीका लागि ग्ल्ज्ब्द्यक्ष्त्ब्त् सागको साझेदारी, पानीको श्रोतहरुको जीर्णोद्धार, वर्षाको पानी संकलन गर्ने प्रोजेक्टहरु समावेश छन् ।
प्रतिक्रिया