विमान किन्न चीनको सहयोग

aeroplaneकाठमाडौं, १३ मंसिर । चीनले नेपाललाई ६ वटा विमान खरिदका लागि साढे ६ अर्ब रकम सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा चीनले अनुदान र ऋण गरी ६ अर्ब ६७ करोड १० लाख सहयोग उपलब्ध गराउनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भयो । दुई एमए ६० र चार वाई१२इ विमान खरिदका लागि तीन छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
ती विमान खरिदका लागि अनुदान चीनस्थित एक्सपोर्ट इम्पोर्ट बैंकमार्फत नेपाल वायुसेवा निगमलाई उपलब्ध गराइनेछ । सो ऋण रकम सात वर्षको थप समय राखी २० वर्षभित्र एक दशमलव ५ प्रतिशत ब्याजसहित भुक्तानी गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र चिनिया राजदूत वु चुन्ताईलगायतले हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया