‘षड्यन्त्र भए पनि जितेँ’

चौतारा : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आफू षड्यन्त्रका बीच पनि विजयी भएको बताएका छन् ।
मत गणना सम्पन्न भएको एक सातापछि विजयी जुलुसमा सहभागी भएका प्रवक्ता सापकोटाले षडयन्त्रका बीच पनि आफू विजयी भएको उल्लेख गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् । देशभर आफ्नो पार्टीका उम्मेदवार हराउन देशीविदेशी शक्ति लागिपरेको जिकिर गर्दै उनले भयानक पराजयले महान विजयको ढोका खुल्ने दावी गरे । वागमती अञ्चलबाटै एक मात्र विजयी सापकोटाले मतदाता शिक्षामा आफ्नो पार्टीले ध्यान दिन नसकेको स्वीकार्दै मतदाता परिचयपत्र संकलनमा समेत कम्जोरी भएको उल्लेख गरे ।

प्रतिक्रिया